लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”

सारांश

  • काठमाडौं, १ जेठ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा जनकपुरमा नेपालको राष्ट्रिय झण्डा बिगार्नेहरुलाई स्पष्टीकरण सोधेका छन् ।
  • जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोमा मन्त्रालयले सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण माग गरेको हो ।

काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको समयमा जनकपुरमा नेपालको राष्ट्रिय झण्डा बिगार्नेहरुलाई स्पष्टीकरण सोधेका छन् । जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोमा मन्त्रालयले सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण माग गरेको हो ।

मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती भएको र संविधान विपरीत रहेको भन्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव राजेश्वरमान सिंह, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली तथा जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा राखिएको नेपालको झण्डाको स्वरुप र आकार किन फरक भयो भनेर स्पष्टीकरण मागिएको पण्डितका स्वकीय सचिव वसिम आलमले जानकारी दिएका छन् ।

“दुबै देशका प्रधानमन्त्रीबाट सम्बोधन गर्ने कार्यक्रममा राखिएको नेपालका राष्ट्रिय झण्डको आकार र स्वरुप नेपालको संविधानको अनुसूचीमा रहेको आकारमा नभई फरक आकार र रुपमा देखिन आएको छ । निर्धारित स्वरुपभन्दा फरक आकारमा झण्डा कसरी प्रयोग भयो ? भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको हैसियतमा तपाई समेत जिम्मेवार हुने भएकाले के कसरी कसको लापरवाहीले भएको हो, ३ दिनभित्र स्पष्टिकरण पेश गर्नू”, यस्तो भाषामा स्पष्टीकरण सोधिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?