मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
१५ पटक हेरिएको
Shares
मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले

सारांश

  • कर्णाली।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन-८४’ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गर्न हिँडेको बताएका छन्।
  • एमालेले सञ्चालन गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव संकलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताए।

कर्णाली। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन-८४’ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गर्न हिँडेको बताएका छन्।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव संकलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताए। अभियानबाट एमाले सरकार हुँदाका बखत थालिएका परियोजना र जनतामा पुगेको विकासबारे जानकारी लिन अवसर मिलेको उनको भनाइ छ।

“देशको अवस्था बदल्न र गरिबीबाट मुक्त गर्न हाम्रो पार्टीले नेतृत्व लिन अपरिहार्य देखियो”, अध्यक्ष ओलीले भने, “वैचारिक दूरदृष्टि भएको पार्टी एमालेबाट मात्र देशको परिवर्तन सम्भव भएकाले अब यसलाई कसरी अगाडि बढाउने भनेर मध्यपहाडका जनतासँग राय माग्दै हिँडेका छौं।”

पूर्वप्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई लक्ष्य बिन्दुमा पुर्‍याउन ‘मिसन-८४’ मा ५१ प्रतिशत बहुमत ल्याएर देशको नेतृत्व गर्ने ठोकुवा गरे।

गठबन्धनमा आबद्ध दलका राजनीतिक गतिविधिले देशको अवस्था नाजुक हुँदै गएको आरोप लगाउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले निम्त्याएका बेथितिलाई टुलुटुलु हेरेर बस्न नसकिने चेतावनी दिए।

राष्ट्रिय एकता कायम गर्न, देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउन एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको तर्क गर्दै अध्यक्ष ओलीले मुलुकमा अहिले देखिएका समस्याको हल एमालेविना असम्भव रहेको जिकिर गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?