मकालु एअर दुर्घटना: मुख्यमन्त्री शाही द्वारा शोक व्यक्त !
सारांश
- सुर्खेत, २ जेठ ।
- सुर्खेतबाट हुम्ला जाँदै गर्दा बुधवार विहान भएकाे मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुख व्यक्त गरेका छन ।
- मुख्यमन्त्री शाहीले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन ।
सुर्खेत, २ जेठ । सुर्खेतबाट हुम्ला जाँदै गर्दा बुधवार विहान भएकाे मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुख व्यक्त गरेका छन ।
मुख्यमन्त्री शाहीले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन ।
शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन ।
कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुसंग आवश्यक समन्वय गरी दुर्घटना न्युनिकरणको पहल गर्ने प्रतिवद्धता समेत गरेकाे शोक वक्तव्य भनिएकाे छ ।
प्रतिक्रिया