हरेक कर्मचारीले एक फलफूलको विरुवा रोप्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
हरेक कर्मचारीले एक फलफूलको विरुवा रोप्नुपर्ने

सारांश

  • काठमाडौं, ८ जेठ- प्रधानमन्त्री ओलीले एक कर्मचारीले एक फलफूल रोप्ने अवधारणा ल्याएका छन् ।
  • यो कार्यक्रमसँगै हरेक कर्मचारीले एक फलफलूको विरुवा रोप्नुपर्नेछ ।
  • सरकारले विश्व वातावरण दिवसको अवसरमा देशभरि नै एक फलफूल विरुवा रोप्ने कार्यक्रम गर्ने भएको हो ।

काठमाडौं, ८ जेठ- प्रधानमन्त्री ओलीले एक कर्मचारीले एक फलफूल रोप्ने अवधारणा ल्याएका छन् । यो कार्यक्रमसँगै हरेक कर्मचारीले एक फलफलूको विरुवा रोप्नुपर्नेछ । सरकारले विश्व वातावरण दिवसको अवसरमा देशभरि नै एक फलफूल विरुवा रोप्ने कार्यक्रम गर्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रालयका प्रतिनिधिहरु सहितको वैठकमा एक राष्ट्रसेवक एक फलफूलको विरुवा रोप्ने निर्णय भएको हो । हरेक वर्ष ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ ।

विश्व वातावरण दिवसको अवसरमा निजामती कर्मचारी, सुरक्षा निकाय लगायत सार्वजनिक संस्थामा कार्यरत कर्मचारी एकजनाले एक फलफूल रोप्ने कार्यक्रम ल्याइएको हो ।

विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल, सार्वजनिक संस्थान, विभिन्न बैंक तथा वित्तिय संस्थाका कार्यालय परिसरभित्र फलफूलका विरुवा रोप्ने कार्यक्रम छ ।

कार्यक्रममा रक्षा मन्त्रालय, गृह, शिक्षा, विज्ञान तथा प्रवृधि, अर्थ, वन तथा वातावरण मन्त्रालयले समन्वय गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?