फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित

सारांश

  • फोहर गर्नेलाई गाला सुम्सुम्याउने होइन ठाउँका ठाउँ डण्डा : लालबाबु पण्डित काठमाडौं, ६ फागुन ।
  • केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई गालामा सुम्सुम्याउने होइन कि ठाउँका ठाउँ डण्डा लगाउने बताएका छन् ।
  • मन्त्री पण्डितले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए ।

फोहर गर्नेलाई गाला सुम्सुम्याउने होइन ठाउँका ठाउँ डण्डा : लालबाबु पण्डित

काठमाडौं, ६ फागुन । केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फोहोर गर्नेलाई गालामा सुम्सुम्याउने होइन कि ठाउँका ठाउँ डण्डा लगाउने बताएका छन् । मन्त्री पण्डितले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै आफू त्यसको लागि तयारी अवस्थामा रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालमा बाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालको संयुक्त आयोजनामा भएको नवनियुक्त मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापालाई सम्मान गर्ने कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने, “म इमान्दारीपूर्वक काम गर्छु । सबैका कुरा सुन्छु । देश र जनताको हितमा काम गर्छु ।”

मन्त्री पण्डितले जनताले आफूले जिताएका प्रतिनिधिमार्फत देशको विकास र समृद्धि चाहेको बताउँदै त्यसका लागि आफूहरु तयार रहेको उल्लेख गरे । उनले भने, “मैले वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । काठमाडौंलाई धुलोमुक्त बनाउनुछ । मलाई सबैले यही प्रश्न गर्नुहुन्छ । मास्क लाउन नपर्ने दिन कहिले आउँछ ? भनेर । अब म छिट्टै केही निर्णय लिन्छु । अहिले आन्तरिक परामर्शमा व्यस्त छु ।”

उनले मन्त्री हुनुभन्दा पहिलेपनि आफू बाग्मती सफाई अभियानमा सहभागी भएको स्मरण गराउँदै भने, “अहिले बाग्मती केही सफा भएको छ । फोहोर गरे दण्डित गर्नुपर्छ । यसमा म अब कठोर भएर प्रस्तुत हुन्छु ।” उनले बागमतीलाई स्वच्छ बनाउन सफाई अभियानलाई तीव्रता दिने पनि विश्वास दिलाए ।

फोहोर गर्नु हुँदैन है भन्ने अवस्था सिर्जना गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री पण्डितले थपे, “अब फोहोर गर्नेलाई डण्डा चलाउनुपर्छ । अन द स्पट डण्डा हान्नुपर्छ ।” उनले अधिकार र कर्तब्य सँगसँगै आउने भएकोले जे गर्दा पनि मानवअधिकार उल्लंघन हुन्छ भनेर त्यत्तिकै बस्न नहुने धारणा राखे । मन्त्री पण्डितले प्रश्न गरे, “गाला सुमसुमाएर र रोएरमात्रै देश बन्छ त ? हेरक क्षेत्रका दण्डहीनताको अब अन्त्य गर्नुपर्छ ।”

सोही कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले संविधान कार्यान्वयन गर्नेतर्फ मुलुक अघि बढेकोले अबको सरकारको मुख्य ध्येय नै विकास र समृद्धि भएको उल्लेख गरिन् । उनले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने बताउँदै भनिन्, “वाम गठबन्धनको सरकार बनेको छ । राजनीतिक अस्थिरता समाप्त भएको छ । अब हामी संविधानको मर्म र भावनाअनुसार नै नीति तथा कार्यक्रमहरु ल्याउँछौं ।”

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले नवनियुक्त मन्त्रीद्वय पण्डित र थापाको नेपाली राजनीतिमा विशेष योगदान रहेकोले अहिले महत्वपूर्ण जिम्मेवारी सम्हालेको बेला जनताको मन जित्न सुझाव दिएकी थिइन् । उनले सूचनाको पहुँच सबै नागरिकमा पुराउनुपर्नेमा समेत जोड दिइन् ।

कार्यक्रममा ट्रष्टकी अध्यक्ष एवम् समाजसेवी राधिका पोखरेलले आफू बाँचुञ्जेलसम्म समाजसेवामा समर्पित हुने दृढता व्यक्त गरेकी थिइन् । उनले अब नेपालमा चाइल्ड केयर सेन्टर खोल्ने योजनामा रहेकोले सरकारले जग्गाको व्यवस्था गरिदिए राम्रो हुने धारणा पनि राखिन् । क्लबका सभापति ऋषि धमलाले कार्यक्रम सफल बनाउनको लागि सहयोग पुराएकोमा हार्दिक आभार पनि व्यक्त गरेकी थिइन् । कार्यक्रममा बाग्मती बचाउ अभियानका अभियन्ता केशबप्रसाद पुडासैनीले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Maya Gautam Kc

    जन्ताको फोहोर सरकारले ततेर्नी होईन जन्ताले आफ्नो फोहोर आफैततेर्नु पर्छ

    Comment Author

    Gyanendra Baniya

    लाल बाबू पंडित ,आफू पंडित नबंन।ओ के ,,,गांधीले जस्तो गर्न सक्छौ। टीम राम्रो बनाऊ।।

    Comment Author

    Govinda P Gautam

    आफ्नो फोहोर आफ्नै घरमा सुरक्षीत राखने फोहोर उठाउन आउदा सुरक्षीत लगी भांडोमा राखि दीने धनी मनी सहर वासी भयें भन्दामा वाटोमा फोहर फल्ने हैन फोहर वेवस्तीत गर्न सकिदैन भने गाउमा गैवस्ने शहरमा वस्ने र वाटोमा फोहर फल्ने उधिकाक कसैलाइ छैन
    कुनै धेरै फोहर निस्कन्छ भने नगरपालिकामा सँमपर्क ररी फोहर उठाउने वेवस्ता मिलाउने
    वाटोमा फोहर नफाल्ने
    पन्डीत भनेको वुद्दीमानी पढेलेखेको सिपालु लाइ भनिन्छ जस्तो लाल वावु पन्डील हून

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार
हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे  यस्ताे !
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे यस्ताे !
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
नवलपरासी,चितवन र म्याग्दी,सवारी दुर्घटनामा मृत्यु तथा घाइते
नवलपरासी,चितवन र म्याग्दी,सवारी दुर्घटनामा मृत्यु तथा घाइते
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग

तपाईंले छुटाउनुभयो कि?