यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल

सारांश

  • काठमाडाै, २५ असार ।
  • चीन सरकारले अनुदानमा दिएको खाने तेल लिलाम गर्दा पनि बिक्री हुन सकेको छैन ।
  • अनुदानबाट प्राप्त तेल बिक्री नहुँदा गोदाममै बिग्रेको छ ।

काठमाडाै, २५ असार । चीन सरकारले अनुदानमा दिएको खाने तेल लिलाम गर्दा पनि बिक्री हुन सकेको छैन । अनुदानबाट प्राप्त तेल बिक्री नहुँदा गोदाममै बिग्रेको छ ।

संस्थानका अनुसार नाकाबन्दीको समयमा चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

भूकम्पपछिको पुनर्निर्माण तथा राहतका लागि चीनले नेपाललाई उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएअनुसार अनुदान दिएको थियो ।

अनुदानको रकमबाट कटाउने गरी उपलब्ध गराएको तेल गोदामै बिग्रेको हो । उक्त तेल लिलामी गर्दा पनि बिक्री भएको छैन । ‘अनुदानको तेल लिलाम बिक्रीका लागि ३ पटक सूचना प्रकाशित गर्‍यौं,’ खाद्य संस्थानका बिक्री वितरण विभाग प्रमुख सुरेन्द्र विष्टले भने, ‘तर, बिक्री हुन सकेको छैन ।’ उनका अनुसार दुईपटकको सूचनाबाट बिक्री नभएपछि मूल्य घटाएर पुनस् सूचना प्रकाशित गरिएको थियो।

‘लिलाम गर्न न्यूनतम ८० रुपैयाँ निर्धारण गरेका थियौं । व्यवसायीले रुचि देखाएनन्, निवेदन परेन,’ विष्टले भने, ‘त्यसपश्चात मूल्य घटाएर असार २१ गते तेस्रो सूचना प्रकाशित गरेका छौं ।’ संस्थानले त्यसपश्चात् बजार मूल्य अध्यययन गरेर न्यूनतम प्रतिलिटर ४० रुपैयाँ तोकेको छ । ‘बजार मूल्य अध्ययन गरेर ४० रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘व्यवसायीहरू इच्छुक देखिँदैनन् ।’

खानाका लागि योग्य नभएकाले साबुन उद्योगका लागि उत्तम हुन्छ । ती उद्योगहरूले पनि इच्छा देखाएका छैनन् । संस्थान स्रातको अनुसार प्रतिलिटर ३० रुपैयाँसम्ममा खरिद गर्ने मौखिक जानकारी गराए पनि प्रस्तावचाहिँ पेस गरेका छैनन् । खाने तेलसँग मिसावट गर्ने सम्भावना छैन ।

त्यसैले किन्न आएका ती अधिकारीले बताए । ‘उक्त तेलले बद्मसी गर्न सक्दैनन्,’ ती अधिकारीले भने, ‘निवेदन पनि पेस गरेका छैनन् ।’ संस्थानका अनुसार अनुदानको तेल आएपछि म्याद हुन्जेल सरकारी निकायबाट अनुमति भएन । स्रोतले म्याद नाघेपश्चात् बिक्रीमा समस्या भएको जनाएको छ ।

संस्थानका प्रवक्ता एवम् योजना विभाग प्रमुख शंकर सापकोटाले सञ्चालक समितिको निर्णयबाट न्यूनतम मूल्य तोकिए पनि बिक्री नभएको बताए । ‘सबै अध्ययन विश्लेषण गरेर मूल्य तोक्दा पनि बिक्री भएन । अचम्ममा परेका छौं,’ उनले भने । खाद्य प्रविधिमा परीक्षणका लागि पठाउँदा थप लम्बिएको उनले बताए ।

चीनले ५३ वटा ड्रममा पठाएको थियो । ती ड्रममा लेबल छैन । सबै चिनियाँ अक्षरमा लेखिएकाले केको तेल भन्ने नै जानकारीमा छैन । ‘खानेरनखानेरकेको तेलरकेही उल्लेख छैन,’ उनले भने, ‘ड्रममा चिनियाँ अक्षरमा केही लेखिए पनि केही बुझिँदैन ।’ उक्त तेललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा कैफियत भेटिएको थियो । तेल परीक्षण गर्दा खान नमिल्ने देखिएको थियो ।

‘खाद्य ऐनअन्तर्गत न्यून गुणस्तरको देखिएको उक्त तेल खान नमिल्ने प्रतिवेदन हामीले संस्थानलाई पत्रचार गरेका थियौं,’ विभागका एक अधिकारीले भने ।

विभागका अनुसार सामान्तया ० दशमलव ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेल मात्र उपभोग्य गुणस्तरको हुन्छ । तर, प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलव ५ थियो । उक्त तेल प्रशोधित वा कच्चा के हो भन्नेसम्म पनि स्पष्ट हुन सकेको छैन । कच्चा तेल प्रशोधन गर्ने प्रयोजनबाहेकमा आयात गर्न पनि प्रतिबन्धित रहेको जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rajendra Ghimire

    प्रष्ट छ , एउटै सामानलाई पटक पटक गर्न पाउँदा र आदतले पटकै पिछ्छेको भत्ता र मसलन्द कमिसन प्राप्त हुने अनि अनुदान* को तेल को मुल्य बजार मुल्य हाराहारी मा लिलाम गर्न खोज्ने अनि पछी अनुदान सरहको मुल्य कागजमा देखाउने । कुन बर्ष र मितीको अनुदान हो ,२-४ बर्ष पुरानो मिती पुगि सके पछी अनि मिलाएर बाहिर निकाल्ने परम्परा थाहा छ कि छैन ! कागे पत्रकारहरु लाई
    !

    Comment Author

    Chhabi Lal Pradhan

    Khan like huda samma sadayer rakheu ab kawadi bhaye paxi Bikxa ta chor ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?