गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
गरिबी निवारण कोषका कार्यकारी निर्देशक सहित सात जनाले दिए राजिनामा

सारांश

  • काठमाडौँ, ३० कात्तिक ।
  •    राजनीतिक दबाबका कारण गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले राजीनामा दिएका छन् ।
  • केसीसँगै कोषमा कार्यरत ७ जना अधिकृतहरुले बुधबारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् ।

काठमाडौँ, ३० कात्तिक ।   राजनीतिक दबाबका कारण गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले राजीनामा दिएका छन् । केसीसँगै कोषमा कार्यरत ७ जना अधिकृतहरुले बुधबारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेश गरेका छन् ।

‘मैले दबाबमा राजीनामा दिएको छु, प्रधानमन्त्री कार्यालयको दबाब र असहयोगपछि पदमा बस्नुको कुनै औचीत्य मैले देखेन,’ केसीले  भने । उनलाई शुशील कोइराला नेतृत्वको सरकारले पाँचवर्षका लागि उक्त पदमा नियुक्त गरेको थियो । आफ्नो कार्यकालको २१ महिना समय बाँकी छदा नै उनले राजीनामा दिएका हुन् ।

राजीनामाका लागि दबाबसँगै बिहिबार कोष कार्यालयमा पूर्व निर्धारीत राष्ट्रिय कार्यगोष्ठी रद्व गर्न पनि अन्तिम समयमा प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको र यसैकारण उक्त कार्यक्रम रद्व गरिएको पनि कोष श्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?