तातो हावाका कारण ६५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
तातो हावाका कारण ६५ जनाको मृत्यु

सारांश

  • इस्लामाबाद, ८ जेठ ।
  • पाकिस्तानमा तातोहावाका कारण ६५ जनाको मृत्यु भएको छ ।
  • दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको हो ।

इस्लामाबाद, ८ जेठ । पाकिस्तानमा तातोहावाका कारण ६५ जनाको मृत्यु भएको छ ।

दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको हो ।

सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ ।

उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मङ्गलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडारुपमा तातो हावा चलेको छ । यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् ।

इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु रहेका छन् ।

यस प्रकारका ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा छ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ ।

यद्यपी स्वास्थ्य अधिकारीले भने इदही समूहले दिएको तातो हावाबाट ज्यान गुमाएका भनिएका ती व्यक्तिको मृत्युको कारण पत्ता लागि नसकेको जनाएको छन् ।

पाकिस्तानको मौसम विज्ञान विभागले कराँचीमा एक हप्तासम्म ४३ वा ४४ डिग्री सेल्सियससम्म तापक्रम रहने चेतावनी दिएको छ ।

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो ।

पाकिस्तानका यी नगरमा यस समयमा प्रायःतातो हावा चल्ने गर्दछ । अत्यधिक गर्मीका कारण चल्ने यो तातो हावाबाट यी स्थानमा वर्षेनी नागरिकको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु
यी तस्विर हेर्नुहाेस मुडफ्रेस गर्नुहाेस
यी तस्विर हेर्नुहाेस मुडफ्रेस गर्नुहाेस
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा
म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र !
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र !
प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख बीच भेटमा के कुरा भयो ?
प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख बीच भेटमा के कुरा भयो ?
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।