‘म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु’: गोरे( भिडियो )

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
‘म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु’: गोरे( भिडियो )

सारांश

  • काठमाडाै, ८ जेठ ।
  • चुडामणि उप्रेती उर्फ गोरेले पक्राउ दिनुअघि एक भिडियो सन्देश छाडेको भेटिएको छ ।
  • सामाजिक सञ्जालमा भेटिएको १२ मिनेट ४८ सेकेण्डको भिडियोमा गोरेले आफूलाई फसाउन खोजिएको र आफू निर्दोष भएको दाबी गरेका छन् ।

काठमाडाै, ८ जेठ । चुडामणि उप्रेती उर्फ गोरेले पक्राउ दिनुअघि एक भिडियो सन्देश छाडेको भेटिएको छ ।

सामाजिक सञ्जालमा भेटिएको १२ मिनेट ४८ सेकेण्डको भिडियोमा गोरेले आफूलाई फसाउन खोजिएको र आफू निर्दोष भएको दाबी गरेका छन् ।

आफूहरुले सुनको काम गरेपनि सनम हत्याकाण्डमा आफूलाई मात्रै दोषी देखाइएको भन्दै गोरेले गुनासो गरेका छन् ।

सुन हराएपछि आफूलाई नि सुन खोज्न र नभए त्यसको पैसा तिर्न दबाब दिएको गोरेले भिडियोमार्फत बताएका छन् ।

सामाजिक सञ्जालमा भेटिएको १२ मिनेट ४८ सेकेण्डको भिडियोमा गोरेले आफूलाई फसाउन खोजिएको र आफू निर्दोष भएको दाबी गरेका छन् ।

आफूहरुले सुनको काम गरेपनि सनम हत्याकाण्डमा आफूलाई मात्रै दोषी देखाइएको भन्दै गोरेले गुनासो गरेका छन् ।

हाल नेपाल आएको ३३ किलो सुन आफ्नो नभएको र यसमा भारतीय नागरिहरुको लगानी रहेको गोरेले बताएका छन् ।

सुन हराएपछि आफूलाई नि सुन खोज्न र नभए त्यसको पैसा तिर्न दबाब दिएको गोरेले भिडियोमार्फत बताएका छन् ।

गोरेले जारी गरेको भिडियो वक्तव्यको पूर्ण पाठ यस्तो छ । 

म चुडामणि उप्रेती

मेरो घर इटहरा ।

म जन्मेको इटहरा ।

मेरो घर उर्लाबारी, म हाल काठमाडौंमा बस्छु ।

आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर जुन समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु ।

विगत अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गथ्र्यो ।

जुनबेला सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ ।

फर्केर खोजी कार्य भयो, एयरपोर्टका स्टाफहरुलाई बोलाएर सोधियो, खुवाइयो । यातना दिइएको थिएन, सोधीखोजी भयो । त्यसका प्रमाणहरु छन् मसँग पनि ।

खोज्दै जाँदा म पनि सायद भएको भए सनम मर्दैन थियो होला । म त्यस्तो हुन दिन्नथें । कुटपिट, झै–झगडा, खानपिन त भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौं, एक अर्कामा सोधीखोजी हुन्थ्यो ।

लामो स्वास….
सनम मर्ने बेलामा उसलाई गाडीमाथि, गाडीमा राखेर उनीहरुलाई घरपरिवार हस्पिटलमा छाड्ने बेला थियो ।

त्यो हुन पाएन ।

अन्तिममा हामी वर थियौं, हामी त्यहाँ थिएनौं । अन्तिममा सनम म¥यो भन्ने खबर आयो ।

खबर आइसकेपछि हामी आत्तियौं ।

आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो, मेरो चिनजानको त्यहाँ कोही थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाडौंबाट चिनेको एकजना मैले मामा भन्ने बालकृष्ण सञ्जेललाई बोलाएँ ।

त्यहाँ लेनदेनको कुरा के के आएको छ, त्यस्तो लेनदेनको कुरा केही भएको छैन ।

म निर्दोष छु, यसमा । कसैलाई मारेर मलाई खान आउँदैन । मेरो ब्याकग्राउण्ड राम्रै छ । मेरो क्रिमिनल केस कहिँ पनि छैन ।

म इण्डियन आर्मी हुँ । म पुलिस स्कुल नै पढेको मान्छे हुँ । मलाई आफ्नो साथीलाई मार्न आउँदैन ।

लाष्टमा ३ जना थिए त्यहाँ । मल्ल, मने र सनम थिए ।

अब सुनको राज त्यहीँ हुनुपर्छ ।

सनमलाई मारिएको छ । सनम मरेर गयो ।

त्यो यातना मैले मात्रै दिएको होइन, त्यस्तो कुटपिट झै–झगडा भइरहन्थ्यो । खोजी कार्य गरेको हो मैले ।

एअरपोर्टका स्टाफहरुलाई पनि बोलाएर सोधीखोजी गरें मैले ।

कसैलाई मार्ने इन्टेन्सन थिएन ।

मारेर खान मलाई आउँदैन ।

उर्लाबारीबासी र सनमको घरपरिवार र सम्पूर्ण नेपाली दिदी, दाजुभाई बहिनीहरु म निर्दोष छु ।

गोरे ! गोरे !! गोरे !!! भनेर दुई अढाई महिना ३ महिना भइसक्यो । मेरो चर्चा धेरै भइसक्यो ।

मलाई आउन मन छ । मलाई पनि नेपालमा बस्न मन । छ । मेरो पनि परिवार छ ।
मलाई डर भयो, हल्ला भयो सनम म¥यो भन्ने । दोषजति मलाई लगाइयो । म चुप लागेर बसे यत्रो दिन ।

पुलिस आइसकेपछि त्यस्तो लेनदेनको कुरा केही पनि छैन ।

उनीहरु के कारणले फसे वा फसाए, त्यो म भन्न सक्दिन ।

गृह मन्त्रालय, पुलिस प्रशासन, नेपाल, नेपाली जनता सबैलाई गोरे ! गोरे !! गोरे !!! भन्ने मै हुँ, सनम हत्यामा म छैन ।

यो जुन भिडियो सार्वजनिक भएको छ, त्यो एकदिन अगाडिको भिडियो हो । लाष्टमा तीनजना थिए, मने, मल्ल र सनम । सनम मारिएको छ त्यहाँ । दोषजति मलाई खन्याइएको छ ।

उनीहरुको मलाई दबाब थियो ।

म त … म त खोजी पनि नगरुम भन्ने थियो ।

पछि १ महिना ८ दिनपछाडि सनमको गल्तीहरु भेट्टाइयो ।

भेट्टाएपछि हामी ठाउँठाउँमा गयौं ।

खायौं, बस्यौं, हिँड्यौं । एकअर्कामा त्यस्तो भइरहन्थ्यो हामीबीच । घरी उनीहरुले हान्थे, घरी अरु केटाहरुले हान्थे ।

म निर्दोष छु । सनम मर्ने बेलामा ३ जना थिए ।

मल्ल, मने र सनम थिए ।

जुन सुन, त्यो मेरो पनि होइन, त्यो अर्कैको सुन हो ।

त्यो सुनको राज खोलिन्छ या अब भेट्टिियो वा त्यो उनीहरुसँगै छ । मने र मल्लसँग हुनुपर्छ राज । मसँग छैन ।

म पुसिललाई बोलाएर सनमको लास बुझाउने मान्छे हुँ । धरान पुगेपछि मलाई डर भयो, हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । त्यही भएर म भागें ।

धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!! भनेर ३३ किलो काण्ड ।

सम्पूर्ण दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ, भुजुङ भन्ने मान्छे छन् । उनीहरुको दबाब थियो ।

र, एउटा एमके भन्ने मान्छे छ र बाँकी इण्डियन मान्छेहरु छन् ।

जुन सामान आयो र निकाल्ने मान्छे पनि मर्छ, दोष मलाई नै लाउँछन्,  सनम मर्छ, मलाई नै लाउँछन् । अथवा त्यो ‘एक्सिडेण्टल डेथ’ हो ।

मने र मल्ल अन्तिममा थिए । मैले पुसिल बोलाएर सनमको लास जिम्मा लाउन खोजेको हो । त्यसपछि त्यहाँ के–के भयो । मलाई केही थाहा भएन, म त्यहाँबाट भागेर हिँडेको हुँ ।

म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु, म सरेण्डर हुन चाहन्छु । मसँग पनि छ सब प्रमाणहरु ।

कसैलाई मारेर खान मलाई आउँदैन । कसैलाई भनु, ज्यान मारेर पैसाले के नै हुन्छ र । कसैको ज्यान मारेर खाने म होइन ।

म १० वर्ष पुलिस बोर्डिङ पढेको हुँ । मलाई त्यहाँनेर सिकाएनन्, मान्छे मारेर खान । म आर्मी हुँ । आर्मीमा सिकिँदैन मारेर खान ।

म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुण्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु ।

मेरो गल्ती छैन् । लाष्टमा ३ जना थिए ।

हामी वर थियौं, एक्कासी म¥यो भन्ने खबर आउँछ । खबर आइसकेपछि लास व्यवस्थापन गर्न मैले पुलिस प्रशासन बोलाएको हो । त्यसपछि मलाई के–के भयो केही पनि थाहा छैन ।

त्यसपछि अहिलेसम्म ३३ किलो काण्डमा सबै मेरो परिवार, म मेरा मामा सबैलाई मुछिएको छ, यस्तो नहोस् । म सरेण्डर गर्न चाहन्छु । म निर्दोष छु ।

मलाई पनि दबाब थियो, खोजेर लेराइज होइन भने पैसा तिर भन्ने । त्यत्रो पैसा कहाँबाट लेराउने मसँग छैन ।

सनमले २ अढाई वर्षदेखि हिसाबकिताब उही हेर्ने उही राख्ने गर्दथ्यो । अगाडिको ३३ किलो काण्डदेखि, जुन त्यो मेरो होइन, त्यसमा पनि मलाई मुछिएको छ । त्यो अर्कैको हो । मलाई फसाइएको छ । म फसेको छु ।

म, मेरो परिवार, हामी सबै बाँडेर, बाँडीचुँडी खाने मान्छे हो । कसैलाई मारेर मलाई खान आउँदैन । म निर्दोष छु । मेरो जीवनको पनि रक्षा होस् ।

यत्रो धेरै इष्र्यु भएको छ, किनकी त्यहाँ मने भन्ने मान्छे छ, मल्ल भन्ने मान्छे छ । उनीहरुले त्यहाँ फोटो खिचेका छन्, भिडियो राखेका छन् ।

मलाई मात्रै देखाइएको छ, फसाइएको छ । यस्तो नहोस् ।

र, मेरो गल्ती छ भने मलाई मार्नु, मलाई ढुङ्गाले हान्नु, उर्लाबारीबासीले, कानुनले, पुलिस प्रशासनले, सबैले । मलाई मारेर खान आउँदैन ।

जुन भिडियो देखाइएको छ, त्यो एकदिन अगाडिको भिडियो हो, त्यसमा पनि मलाई मात्रै देखाइएको छ ।

यही हो…, ३३ किलो काण्डको दोषी म होइन । म निर्दोष छु, मलाई फसाइएको छ । मलाई दबाब छ ।

म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । सुरक्षा हुने ठाउँमा म सरेण्डर खोजिरहेको छु । कसैलाई मारेर खान मलाई आउँदैन ।

यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु ।

 

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kancha Tamang

    अब सुरछ्या दिनेले ठोक्नेभो गोरेदाजुलाई हाहाहा समय सबैको आउदो रैछ

    Comment Author

    Kc Ganesh

    आफू हिडने सिदा बाटाे छाेडेर किन बाङगाे चाेर बाटाे समातेकाेत

    Comment Author

    Roshan Shrestha

    बच्ने उपाय एउटै ,,,, सबैको परदाफाश गरनु उतम…..

    Comment Author

    Kumar Tamang

    Lov lay lavv lavv lay bilap santusti param sukham / dhan vayer k garnu mann ma nai santi chaina vaney

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?