त्रिशुलीमा बस खस्यो, १५ जनाको उद्दार

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
त्रिशुलीमा बस खस्यो, १५ जनाको उद्दार

सारांश

  • काठमाडौ, ११ कार्तिक।
  •  काठमाडौंतर्फ आउँदै गरेको एक राति बस शनिबार बिहान धादिङको गजुरीमा त्रिशुली नदीमा खसेको छ ।
  • धादिङ प्रहरीकाअनुसार सप्तरीको राजविराजबाट आएको सो दुर्घटनाग्रस्त बस पुरै नदीमा डुबेको छ ।

काठमाडौ, ११ कार्तिक। काठमाडौंतर्फ आउँदै गरेको एक राति बस शनिबार बिहान धादिङको गजुरीमा त्रिशुली नदीमा खसेको छ । धादिङ प्रहरीकाअनुसार सप्तरीको राजविराजबाट आएको सो दुर्घटनाग्रस्त बस पुरै नदीमा डुबेको छ ।

‘बस बिहान ६ बजेतिर त्रिशुली नदीमा खसेको छ’ धादिङ प्रहरीका एक अधिकारीले भने, ‘बस पुरै डुबेको छ । बसका १५ जनाको उद्दार गरिएको छ ।’

प्रहरीले उद्दार गरिएकाहरुको गजुरीस्थित अस्पतालमा उपचार भैरहेको जनाएको छ । बसमा कति यात्रु थिए भन्ने बारे अझै यकिन भैसकेको छैन । सामान्यता तिहार तथा छठ पर्ठ मनाएर जिल्लाहरुबाट राजधानी फर्किने अहिलेको समयमा बसहरु खचाखच हुने गरेका छन् । उद्दारका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खटिएका छन् ।

काठमाडौंबाट गजुरी ७७ किमी पर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?