प्रशासनले रोक लगाएकै ठाउँमा डा. गोविन्द केसीको प्रदर्शन
सारांश
- काठमाडौं, २ असार ।
- स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा डा.
- गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
काठमाडौं, २ असार । स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा डा. गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।
आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताए । मुख्य पात्र दलका नेताहरु भएको उनको दाबी छ ।
डा. केसीले सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै डा. केसीले भने, म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं । कसरी रोक्दा रहेछौं हेरौं ।’
Rajkumar Dulal
Police not seeing