‘जिसस की छाेरि’ घाेषणा कार्यक्रमबारे बाेले माधव नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
‘जिसस की छाेरि’ घाेषणा कार्यक्रमबारे बाेले माधव नेपाल

सारांश

  • काठमाडाै, १० मंसिर।
  •    मंसीर १४–१७ सम्म काठमाडौँमा गर्न लागिएको राजनीतिक दलहरुको एसिया प्यासिफिक सम्मेलनमा सरकार सहयोगी मात्रै भएको दावी सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपालले गरेका छन्।
  • क्रिष्चियन मिसनरीको सहयोगमा गर्न लागिएको र त्यस्तो कार्यक्रमको सहआयोजक नेपाल सरकार रहेको भन्दै तीब्र आलोचना भइरहेका बेला भारतमा सत्तारुढ हिन्दूवादी भाजपाका नेतालाई सँगै राखेर नेकपा नेता नेपालले यस्तो दावी गरेका हुन्।

काठमाडाै, १० मंसिर।   मंसीर १४–१७ सम्म काठमाडौँमा गर्न लागिएको राजनीतिक दलहरुको एसिया प्यासिफिक सम्मेलनमा सरकार सहयोगी मात्रै भएको दावी सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपालले गरेका छन्। क्रिष्चियन मिसनरीको सहयोगमा गर्न लागिएको र त्यस्तो कार्यक्रमको सहआयोजक नेपाल सरकार रहेको भन्दै तीब्र आलोचना भइरहेका बेला भारतमा सत्तारुढ हिन्दूवादी भाजपाका नेतालाई सँगै राखेर नेकपा नेता नेपालले यस्तो दावी गरेका हुन्।

सोमबार होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले उक्त कार्यक्रमको सहआयोजकका रुपमा सरकार भन्ने व्यापक चर्चा भएपनि सहआयोजक नभएर सहयोगी मात्रै भएको स्पष्टिकरण दिए। ‘विभिन्न देशका सरकार र राष्ट्रप्रमुख आउने कार्यक्रम हो, सुरक्षादेखि व्यवस्थापनसम्मका कुरा हुन्छन्’, उनले भने, ‘त्यसैले, सरकारले आयोजकहरुलाई सहयोग गरेको मात्रै हो।’ नेता नेपालले कार्यक्रमका लागि आफूहरुले कुनै स्थान नभेटेको भन्दै गुनासो समेत गरे। उनले कार्यक्रम पालमा गर्न लागिएको र पाल समेत भारतबाट ल्याउनुपरेको बताए।

कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का नेता विजय जोलीले एसिया प्यासेफिक सम्मेलनले कुनै एक धर्मको प्रचार नगर्न बताए। ‘म लामो समयदेखि यो संस्थामा आवद्ध छु’ उनले भने, ‘यसले कुनै एक धर्मको प्रचार गरेको मलाई थाहा छैन।’ सम्मेलनको आयोजक समितिका सदस्य तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले कार्यक्रममा ७ देशका सरकार तथा राष्ट्र प्रमुखको सहभागिता रहने बताए। उनले कार्यक्रममा सात देशका सरकार प्रमुख, ५ सय जना उच्च सरकारी अधिकारी र १५ सय जना प्रतिनिधिको सहभागिता रहने जानकारी दिए।  सम्मेलनका लागि २० करोड खर्च हुने आयोजकले जानकारी दिएको छ।

नेकपा नेता नेपालले सरकार सहगोगी मात्रै रहने बताए पनि राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रण दिन प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई आफै दूतावास पुगेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले गरे संसद विघटन
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
सुनको मूल्य घट्याे, चाँदी स्थिर
सुनको मूल्य घट्याे, चाँदी स्थिर
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
Мостбет скачать на смартфон мобильное приложение Mostbet ap