सरकारलाई सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सरकारलाई  सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !

सारांश

  • काठमाडौं, ११ जेठ ।
  • सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रका नेता एवं पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई माफी दिनुपर्नाको कारण २४ घण्टाभित्र पेश गर्न सरकारलाई आदेश दिएको छ ।
  • न्यायाधीश दीपककुमार कार्कीको एकल इजालसले शुक्रवार ढुङ्गेललाई माफी दिनुपर्नाको कारण माग गरेको हो ।

काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रका नेता एवं पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई माफी दिनुपर्नाको कारण २४ घण्टाभित्र पेश गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजालसले शुक्रवार ढुङ्गेललाई माफी दिनुपर्नाको कारण माग गरेको हो ।

माफीको प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कार्कीको एकल इजालसले आइतवार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अन्तरिम आदेशको माग गरेकोले विपक्षीलाई झिकाएर बहस गर्ने निर्णय गरेको अधिवक्ता त्रिपाठीले लोकान्तरलाई बताए ।

सरकारले गणतन्त्र दिवसको अवसरमा ढुङ्गेललाई माफी दिने तयारी गरेको समाचार सार्वजनिक भएको छ ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अरोपमा उनी २०७४ साल कात्तिक १४ गते ललितपुरबाट पक्राउ परेका थिए ।

जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते सदर गरेको थियो ।

सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सर्वोच्च अदालतले नै पटक-पटक ताकेता गरेको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Tilak Karki

    aba sarbochcha adalat bahek arubata ta nyayanai napaine vayo

    Comment Author

    Ananda Bhusal

    अल्टिमेटम रे!के भाषा हो यो?भाषा नजान्नेले के चोथाले बनेको होला,बेसर्मखोर!

    Comment Author

    Bidur Paudel

    यो कालो कोत धारी हनुमान हरु ले केही काम गर्न दिदैन !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?