बाराको कोल्हबी नगरपालिकाको मत गणना स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
बाराको कोल्हबी नगरपालिकाको मत गणना स्थगित

सारांश

  • ४ असोज, सिमरा ।
  • बाराको कोहल्बी नगरपालिकाको मतगणना ५ बजेदेखि स्थगित भएको छ ।
  • दिउँसो मत परिणाम सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले बढाएर परिणाम सुनाएको भन्दै दलका कार्यकर्ताले मतगणनामा रोक लगाएको बुझिएको छ ।

४ असोज, सिमरा । बाराको कोहल्बी नगरपालिकाको मतगणना ५ बजेदेखि स्थगित भएको छ । दिउँसो मत परिणाम सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले बढाएर परिणाम सुनाएको भन्दै दलका कार्यकर्ताले मतगणनामा रोक लगाएको बुझिएको छ ।

मतपरिणाम बाहिर सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले मत बढाएर सार्वजनिक गरेको भन्दै बाहिर मत परिणाम सुनेर बस्ने दलका नेता कार्यकर्ताले बिरोध जनाएका हुन् ।

उनीहरुले निर्वाचन अधिकृत राजेन्द्र थापाले पूर्वाग्रही रुपमा मत गणना गरेको भन्दै अधिकृत परिवर्तन गरी मतगणना गर्नुपर्ने आवाज उठाएका छन् ।

बिरोधसँगै दलका कार्यकर्ताबीच भनाभन समेत भएको थियो । अहिले मतगणना स्थलमा खन्याइएको मतपत्रहरु असरल्ल्ा छन् भने राजनैतिक दलहरुबीच कुरा नमिल्दा मत गणना सुचारु गर्नेबारे अन्योल भएको छ ।

दिउँसो ४ बजेसम्म नेपाली कांग्रेसले अग्रता थियो भने पछि वडा नं. २ को मत परिणाममा एमालेले पुरै प्यानलसहित जित हासिल गरेपछि नगरमा कांग्रेसलाई पछि पार्दै एमालेले अग्रता लिएको थियो ।

नेपाली कांग्रेसले निर्वाचन अधिकृत सहित कर्मचारी नै परिवर्तन गरी मत गणना सुचारु गर्नुपर्ने माग गरी विरोध गरिरहेको छ भने नेकपा एमालेले पुनः सहमतिमा समस्या समाधान गरी मत गणना सुचारु गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?