किन छोड्दैछन असार भित्रै १० हजार कर्मचारीले राजधानी ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
२० पटक हेरिएको
Shares
किन छोड्दैछन असार भित्रै १० हजार कर्मचारीले राजधानी ?

सारांश

  • काठमाडौं, १२ जेठ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनको क्रममा राजधानीबाट १० हजार कर्मचारीलाई झिटी गुण्टा लिएर प्रदेश र स्थानीय तहमा खटाउने बताएका छन् ।
  • उनले चालु आर्थिक वर्षभित्रैमा सबै कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै असार भित्रैमा १० हजार कर्मचारीले राजधानी छोड्ने दावी गरे ।

काठमाडौं, १२ जेठ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनको क्रममा राजधानीबाट १० हजार कर्मचारीलाई झिटी गुण्टा लिएर प्रदेश र स्थानीय तहमा खटाउने बताएका छन् ।

उनले चालु आर्थिक वर्षभित्रैमा सबै कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै असार भित्रैमा १० हजार कर्मचारीले राजधानी छोड्ने दावी गरे ।

काठमाडौंको रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने, ‘असारसम्म पनि कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कारवाही गर्न म तयार छु ।’ मन्त्रि पण्डितले अहिले पनि दैनिक सयौं कर्मचारी आँशु झार्दै आफ्नो कार्यकक्षमा आउने गरेको उल्लेख गर्दै ‘यत्तिका वर्ष जनता रोएका छन्, केन्द्रमा कसैको पनि आँशु पुछ्दिन कार्यक्षेत्रमा खटिनुको विकल्प छैन ।’

कार्यक्रममा मन्त्रि पण्डितले आफ्नो सम्पत्तिमा बैकिङ पद्धतिबाट सामान्य बृद्धि भएको जनाउँदै २०७० मा भरेको सम्पत्ति विवरण र अहिलेको सम्पत्ति विवरणमा खासै अन्तर नरहेको उल्लेख गरेका छन् ।

मन्त्री पण्डितले आफूले पछि विवाह गरेको र विवाहको समयमा काठमाडौंको भैसेपाटीमा श्रीमतीको नाममा प्राप्त दाईजो जग्गा उल्लेख गर्दा बजारियाहरुले होहल्ला गरेको उल्लेख गर्दै उक्त सम्पत्ति आफूले आर्जन नगरेको समेत प्रष्ट पारेका छन् । मन्त्री पण्डितले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने नीतिमा स्पष्ट रहेको भन्दै स्रोत नखुलेको कुनै सम्पत्ति नरहेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Chhabi Lal Pradhan

    Chunav kasari jitnu bho ta mantri jiu 4. 5 karod ta bagaunu bho hola

    Comment Author

    Vishnu Adhikari

    हैन यो शिक्षा सेवा त राजधानी मा नै आवश्यकता परे जस्तो छ….

    Comment Author

    RAju Grg

    Des laae lutera tu hero vAyeko

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?