आज कांग्रेस वैठक बस्दै, प्रदेश विधान नहुँदा नेता छान्न सकेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • शिखरन्यूज संवाददाता/काठमाडौं, २६ माघ – आज नेपाली कांग्रेसले प्रदेश संसदीय दलको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ ।
  • अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेश संसदीय दलको विधान टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
  • अहिलेसम्म विधान तयार नगरेकाले कांग्रेसले प्रदेश संसदीय दलको नेता छान्न सकेको छैन ।

शिखरन्यूज संवाददाता/काठमाडौं, २६ माघ – आज नेपाली कांग्रेसले प्रदेश संसदीय दलको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेश संसदीय दलको विधान टुंगो लगाउने कांग्रेसले जनाएको छ ।

अहिलेसम्म विधान तयार नगरेकाले कांग्रेसले प्रदेश संसदीय दलको नेता छान्न सकेको छैन । प्रदेशसभा गठन भई सबै प्रदेशमा पहिलो वैठक समेत भैसकेका छन् । यसअघि तयार भैसकेको प्रदेश विधान मस्यौदामा शुक्रबार छलफल गरी टुंगो लगाउने कांग्रेसको दाबी छ ।

प्रदेशसभा निर्वाचन भएपछि नयाँ संविधानअनुसार कांग्रेसले केन्द्रीय सदस्य मीनेन्द्र रिजालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । छलफलपछि विधान मस्यौदालाई केन्द्रीय समिति बैठकले संशोधनसहित पारित गर्नेछ । पार्टी संसदीय दलका यस अघिका विधानलाई आधार बनाएर मस्यौदा तयार गरिएको हो । पार्टी वैठकले विधान पारित गरेपछि कांग्रेसले प्रदेशमा संसदीय दल गठन प्रक्रिया सुरु गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?