विश्वकै होची मोडलको चर्चा कसरी भयो विश्वव्यापी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
विश्वकै होची मोडलको चर्चा कसरी भयो विश्वव्यापी ?

सारांश

  • संसारकै सबैभन्दा होचि मोडेल भनेर चिनिएकी ड्रु प्रेस्टा अहिले सामाजिक सन्जालमा छाएकी छिन् ।
  • अमेरिकाको नेवादास्थित रेनो सहरमा बस्ने २१ वर्षीया प्रेस्टाको उचाई ३ फुट ४ इन्च रहेको छ ।
  • जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण उनको शरिरको उचाई बढ्न नसकेको बताइन्छ ।

संसारकै सबैभन्दा होचि मोडेल भनेर चिनिएकी ड्रु प्रेस्टा अहिले सामाजिक सन्जालमा छाएकी छिन् । अमेरिकाको नेवादास्थित रेनो सहरमा बस्ने २१ वर्षीया प्रेस्टाको उचाई ३ फुट ४ इन्च रहेको छ । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण उनको शरिरको उचाई बढ्न नसकेको बताइन्छ । ‘मोडलिङ’ क्षेत्रमा एक सफल ‘मोडल’ बन्न निकै मेहनत गर्नुपर्ने भएपनि उनले हिम्मत नहारेको बताएकी छिन् । उनले आफ्ना सबै समस्यालाई बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ गरेको बताइन् । जब उनको फोटो सामाजिक सन्जालमा पोष्ट भए तब एकाएक उनी अन्तरराष्ट्रिय सन्चारमाध्यममा छाइन् । ‘मेट्रो अनलाइन’ले प्रेस्टा एक प्रतिभावान मोडल भएको र उनी अहिले ‘सिसलिंग मोडल’ बन्न सफल भएको बताएको छ । अन्त्यमा, उनको मोडल बन्ने सपना सामाजिक सन्जालले पुरा गरिदिएको छ ।

 

प्रेस्टाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोसुटले उनलाई मोडल बन्न सहयोग गर्यो । संसारको सानो कुनाबाट सुरु गरेको मोडलिङको भविष्य अहिले ‘अमेरिकन फेशन शो’सम्म आइपुगेको छ । उनले अमेरिकामा हुने ’फेशन शो’मा सहभागी हुन प्रस्ताव आइसकेको पनि बताएकी छिन् । उनले फोटोसुटपछि फोटोहरु मार्फत जुनसुकै आकारमा पनि मानिसहरु शुन्दर र ग्ल्यामर देखिन्छन् भन्ने देखाउन चाहेको बताएकी छिन् । उनले क्यामराको अगाडी आफू ग्ल्यामर देखिने र मोडलिङ पेशालाई एकदम माया गर्ने बताइन् । जुनसुकै काम गरेपनि स्वतन्त्र र आत्माविश्वासका साथ मेहनत गरे सफल हुने उनको तर्क छ । अहिले उनी संसारकै सबैभन्दा होचि मोडलको रुपमा विश्वमाझ चिनिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?