ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
२० पटक हेरिएको
Shares
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो

सारांश

  • ललितपुरमा आज एकैदिन ३८ जना थपिएका छन् ।
  • देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै १७२ जना थपिएका हुन् ।
  • योसँगै उपत्यकामा जोखिम बढेको छ ।

ललितपुरमा आज एकैदिन ३८ जना थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पिसीआर परिक्षणमा ६ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सख्या १०४ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?