अब २४ घण्टा मै प्रमाण पत्र पाइने !
सारांश
- काठमाडौं, १३ जेठ ।
- त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि लागू हुने गरी २४ घण्टा मै प्रमाण पत्र उपलब्ध गराउने भएको छ ।
- त्रिभुवन विश्वविद्याल परीक्षा नियन्त्रण कार्यालयले नयाँ सफ्टवेयर लागू गरेसँगै अब फारम भरेको २४ घण्टाभित्रमा विद्यार्थीले प्रमाण पत्र पाउने भएका हुन ।
काठमाडौं, १३ जेठ । त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि लागू हुने गरी २४ घण्टा मै प्रमाण पत्र उपलब्ध गराउने भएको छ ।
त्रिभुवन विश्वविद्याल परीक्षा नियन्त्रण कार्यालयले नयाँ सफ्टवेयर लागू गरेसँगै अब फारम भरेको २४ घण्टाभित्रमा विद्यार्थीले प्रमाण पत्र पाउने भएका हुन ।
सफ्टवेयरको नाम त्रिभुवन विश्वविद्यालय एक्जामिनेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम राखिएको छ । विद्यार्थीले ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्नुपर्छ ।
आइतबार सबैभन्दा पहिले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसका विद्यार्थी मनोजकुमार सिंहलाई प्रमाणपत्र प्रदान गरी यसको औपचारिक सुरुवता गरिएको त्रिवीका सहपरीक्षा नियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।
उनका अनुसार ५ वटा क्याम्पसहरुमा यो सेवा लागू गरिएको छ । धरानको प्राविधिक क्याम्पस, काठमाडौंको पद्यकन्या क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, बटुबलको लुम्बिनी वाणिज्य क्याम्पस र धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अनलाइन फाराम सुरु गरिएको छ ।
अधिकारीका अनुसार दिनमा बढीमा २ सय वटा शैक्षिक प्रमाणपत्र प्रिन्ट गर्न सकिन्छ । तत्कालका लागि शिक्षा संकाय अन्तर्गत बीएड विद्यार्थीले यो सुविधाबाट लाभ लिन सक्नेछन भने केही समयपछि सबै संकायमा लागू गरिनेछ ।
सफ्टवेयर निर्माण गरे सँगै विद्यार्थीहरुलाई २४ घण्टाभित्र शैक्षिक प्रमाणपत्र वितरण गर्न सजिलो भएको सहपरीक्षक नियन्त्रक अधिकारीले जानकारी दिए । यसैगरी दीक्षान्त समारोहका लागि पनि विद्यार्थीहरुले अनलाइबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
Yamu Rai
Beauty full house