आठ नेपाली कामदारको उद्धार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
३० पटक हेरिएको
Shares
आठ नेपाली कामदारको उद्धार

सारांश

  • काठमाडौँ, ७ चैत , ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ ।
  • मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो ।
  • उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना हुनुहुन्छ ।

काठमाडौँ, ७ चैत , ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ ।

मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो ।

उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना हुनुहुन्छ ।

ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ । उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान बस्नसमेतको व्यवस्थापन गरेकामा दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?