सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
सारांश
- सुर्खेत, १५ जेठ ।
- कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको छ ।
- सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो ।
सुर्खेत, १५ जेठ । कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको छ ।
सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफल पछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रा लि का वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाईसेवा संचालन सम्वन्धि प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रतिवद्धतापत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रवहादुर सिंह प्रमुख वजार व्यवस्थापक रिजेश थापा उपस्थिति रहेको थियो ।
प्रतिवद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीवाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजवाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एअरले यस अघि नेपालगंजवाट हवाई सेवा संचालन गरिरहेको थियो ।
प्रदेश राजधानी सुर्खेतवाट सिधै हवाई यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरीकहरुलाई नेपालगंज पुगेर सुर्खेत आउनुपर्ने समस्यावाट राहात मिल्ने भएको छ । यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरि सुर्खेत आवागमण गर्दा नेपालगंजदेखि सुर्खेत सम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।
प्रदेश राजधानी सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले वताउनुभयो ।
प्रतिक्रिया