प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
  • पार्टीका आफूनिकट नेताहरुसँग सोमबार गोप्य छलफलमा जुटेका नेता नेपालले सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गरेको निश्कर्ष निकालेका छन् ।
  • भेलामा नेता नेपालको कुरा उद्धृत गर्दै स्रोतले भन्यो,‘कोठाभित्र गर्नुपर्ने कार्यक्रम, बाहिर गरियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

पार्टीका आफूनिकट नेताहरुसँग सोमबार गोप्य छलफलमा जुटेका नेता नेपालले सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गरेको निश्कर्ष निकालेका छन् । भेलामा नेता नेपालको कुरा उद्धृत गर्दै स्रोतले भन्यो,‘कोठाभित्र गर्नुपर्ने कार्यक्रम, बाहिर गरियो । त्यो पनि तामझाम गरेर गरियो । यसले पार्टी र सरकारको वजन घटाएको छ ।’

सरकारसँग सहमति गरेपछि पनि सिके राउत समूहले अहिलेसम्म आफ्ना कुनै कदम नसच्याएकोमा उनले आक्रोश पोखेका छन् । उनले भनेका थिए,‘राउत समूहले आफ्ना कुनैपनि क्रियाकलापहरु सुधारेन ।’ नेपाल समूहले यी सबै विषयमा पार्टी गम्भिर बन्नुनपर्ने अडान निकालेको छ । अब बस्ने पार्टीको बैठकमा सरकारका कदमलगायत समग्र विषयमा गम्भिर समिक्षा गर्ने नेता नेपालको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?