दीपक मनाङे सहित पूर्वमन्त्री समेत नेकपामा प्रवेश गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
दीपक मनाङे सहित पूर्वमन्त्री समेत नेकपामा प्रवेश गर्दै

सारांश

  • पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्तिका २० जना नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नकेपा प्रवेश गर्ने भएका छन् ।
  • संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको उनीहरु नेकपा प्रवेश गर्न लागेका हुन् ।
  • पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना भोलि नेकपामा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्तिका २० जना नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नकेपा प्रवेश गर्ने भएका छन् ।

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको उनीहरु नेकपा प्रवेश गर्न लागेका हुन् ।

पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना भोलि नेकपामा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेर यी नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डनै उपस्थित भएर पार्टी प्रवेश गराउने गरी छलफल भएको स्रोतले जनाएको छ । यसअघि केहीदिन पहिले नयाँ शक्तिकी नेतृ तथा पूर्वसांसद सीमा विक नेकपा प्रवेश गरेकी थिइन् ।

पूर्वमन्त्रीसहितका नेताहरु काठमाडौँमा प्रवेश गर्दा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद निर्वा्चित भएका राजीव गुरुङ (दिपक मनाङे) पोखरामा आयोजित कार्यक्ममा नेकपा प्रवेश गर्ने भएका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउनेछन् । सांसद गुरुङ अहिले संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रोमा बस्दै आएका छन् ।

चुनावताका उनी नेकपाबाटै (तत्कालीन वाम गठबन्धन) उम्मेदवार बनेका थिए । तर, विवादमा परेपछि नेकपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएपनि नेकपाले अर्को उम्मेदवार भने खडा गरेको थिएन् ।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद मनाङ्गे थुनामुक्त भएपछि शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए । सांसद मनाङे २७ हजार ३७५ रूपैयाँ धरौटीमा थुनामुक्त भएका थिए ।

उनले गत माघ १४ गते साँझ शपथ लिएका थिए । निर्वा्चित भएको झण्डै नौ महिनापछि मनाङेलाई गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शपथ खुवाएका थिए ।

शपथपछि मनाङेले आफ्नो क्षेत्रमा शिक्षा र विद्युतको समस्या रहेको र त्यसतर्फ आफ्नो ध्यान हुने र तत्काललाई समर्थन सरकार पक्षलाई नै हुने बताएका थिए । राजीव गुरुङ १३ सदस्यीय समिति रहने अर्थ तथा विकास समितिको सदस्यसमेत हुन् ।

स्वतन्त्र सांसद भएरभन्दा पनि संगठनमा रहेर पार्टी र जनताको काम गर्न इच्छा भएकोले उनले पार्टी प्रवेश गर्न लागेको मनाङेका निजी सचिव जगदिशनाथ योगीले जानकारी दिए ।

काँग्रेस पृष्ठभूमिका मनाङे बीचमा जनताजाती मोर्चामा पनि आवद्ध भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे
आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरे
मकवानपुर उद्योग बाणिज्य संघको टोलि दक्षिण कोरियामा !
मकवानपुर उद्योग बाणिज्य संघको टोलि दक्षिण कोरियामा !
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने
संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?