यातायात कार्यालयका ३ कर्मचारी रंगेहात पक्राउ
सारांश
- काठमाडौं ।
- अख्तियारले यातायात व्यवस्था कार्यालय सुकेधारा, बुढानिलकण्ठका तीन जना कर्मचारीलाई ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
- विदेशी लाइसेन्सलाई नेपालीकरण गरिदिन्छु भन्दै घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।
काठमाडौं । अख्तियारले यातायात व्यवस्था कार्यालय सुकेधारा, बुढानिलकण्ठका तीन जना कर्मचारीलाई ३२ हजार घुससहित रंगेहात पक्राउ गरेको छ । विदेशी लाइसेन्सलाई नेपालीकरण गरिदिन्छु भन्दै घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा नायक सुब्बा यादव पौडेल, खरदार सुमन पोखरेल र लेखापढी व्यवसायी अशोक शर्मा हुन् । कार्यालय प्रमुखको कार्यकक्षमा नै प्राविधिक चेकजाँच गर्ने काम भइरहेको अख्तियारले जनाएको छ ।
अख्तियार स्रोतका अनुसार कतारको लाइसेन्सलाई नेपालमा मान्यता पाउने बनाउनको लागि घुस दिँदा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो ।
खरदार सुमन पोखरलले लेखापढीव्यवसायी अशोक शर्मालाई डिल गर्न लगाएको र शर्माले डिल गरिसकेपछि सुमन पोखरेल हुँदै नायब सुब्बा यादव पौडेलसम्म पुगेको पैसा रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले यस घटनालाई सुरुदेखि नै फ्लो गरिरहेको थियो ।
प्रतिक्रिया