अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !

सारांश

  • काठमाडाै, १७ जेठ ।
  • भारतले नेपाललाई उपलब्ध गराउने हवाई रुटका सम्बन्धमा दुई देशबीच नयाँ समझदारीको प्रयास अघि बढेको छ ।
  • नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुरोधमा यसबारे अध्ययन गर्न ‘एअरपोर्ट अथोरिटी अफ इण्डिया’को प्राविधिक टोली नेपाल आउने भएको छ ।

काठमाडाै, १७ जेठ । भारतले नेपाललाई उपलब्ध गराउने हवाई रुटका सम्बन्धमा दुई देशबीच नयाँ समझदारीको प्रयास अघि बढेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुरोधमा यसबारे अध्ययन गर्न ‘एअरपोर्ट अथोरिटी अफ इण्डिया’को प्राविधिक टोली नेपाल आउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एअरपोर्ट अथोरिटी अफ इण्डियाले जुन महीनाभित्रै प्राविधिक टोली नेपाल आउने पत्र पठाएको र चाँडै त्यसको मिति समेत तय गरिने जानकारी  दिए ।

भारतले नेपाललाई हाल एउटा मात्र हवाई रुट उपलब्ध गराउँदै आएको छ । सिमरा नजिकै रहेको रोमियो बिन्दुबाट मात्र विभिन्न मुलुकबाट आउने उडानहरु नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेसिया, ढाका, बैंकक लगायतका ठाउँबाट आउने जहाजहरु यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।

नेपालले भारतसँग सिमरा बाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रुट समेत उपलब्ध गराउन लविङ गर्दै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार, यीमध्ये भारतले महेन्द्रनगर, नेपालगञ्ज र विराटनगरको हवाई रुट उपलब्ध गराउने सम्भावना बढेर गएको छ ।

नेपाली अधिकारीहरु भैरहवाको रुट समेत पाउनेमा आशावादी छन् । किनभने, भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढिसकेको छ ।

भारतले हवाई रुटमा सहमति दिने संकेत गरेपछि सरकारले विराटनगर र नेपालगञ्ज विमानस्थलाई समेत क्षेत्रीय विमास्नस्थलका रुपमा स्तरोन्नति गर्ने प्रयास अघि बढाइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीका अनुसार, विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढिसकेको छ । आउँदो १ असारदेखि जग्गा अधिग्रहण शुरु हुनेछ ।

त्यसैगरी नेपालगञ्ज विमानस्थलमा अध्यागमन डेस्क स्थापना गर्ने तयारी हुँदैछ । यहीकारण बुद्ध एअरले विराटनगर र नेपालगञ्जबाट भारतमा सिधा उडान गर्ने तयारी अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीको आग्रह
आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीको आग्रह
संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट सुरु
संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट सुरु
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल
समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

तपाईंले छुटाउनुभयो कि?