लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
१८ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने

सारांश

  • काठमाडौँ ।
  • लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
  • प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।

प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः०० बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधवार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ ।

शपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि, ९ सदस्यीयमा झार्ने तयारी गरिएको भए पनि सत्तारुढ सबै दललाई भाग पुर्‍याउनका लागि मन्त्रिपरिषद् ११ सदस्यीय बनाउन लागिएको हो ।

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरूको समर्थन मुख्यमन्त्री गिरीले पाउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?