फिफा विश्वकप-२०१८: कुन देशकाे खेल कुन रंगशालामा ? यस्ता छन खेलहुने रंगशालाहरू !
सारांश
- अस्बिन खड्का, १९ जेठ ।
- फिफा विश्वकप- २०१८ रसियामा सुरु हुन अब मात्र १२ दिन बाँकी छ ।
- १४ जुन देखी आयोजक रसियाले उद्घाटन खेल खेलेपछि एक महिनापछि १५ जुलाइमा फाइनल खेल हुनेछ ।
अस्बिन खड्का, १९ जेठ । फिफा विश्वकप- २०१८ रसियामा सुरु हुन अब मात्र १२ दिन बाँकी छ ।
१४ जुन देखी आयोजक रसियाले उद्घाटन खेल खेलेपछि एक महिनापछि १५ जुलाइमा फाइनल खेल हुनेछ । विश्वकपमा ३२ देश लाई ८ समुहमा विभाजन गरेर खेलार्इने छ । समुह ए देखि समुह एच सम्म चार–चार देश रहेका छन् ।
यि हुन खेल खेलार्इने रंगशालाहरू
१. लुजुनुकी
मस्को राजधानी मस्कोमा रहेको यो ८० हजार जना अट्ने क्षमताको यो स्टेडियममा उद्घाटन खेल हुनेछ । आयोजक रसियाले १४ जुनमा साउदी अरेवियासँग पहिलो खेल खेल्नेछ भने यही मैदानमा एक सेमिफाइनल र फाइनल खेल हुनेछन् । यो स्टेडियम १९५६ मा खुल्ला गरिएको थियो । यसमा समूह चरणका चार खेलमा जर्मनी र मेक्सिको, पोर्चुगल र मोरक्को, डेनमार्ग र फ्रान्स आम्नेसाम्ने हुनेछन् । प्रिक्वाटरको एउटा र सेमिफाइनलको एउटा खेल पनि यही स्टेडियममा हुनेछ
२.समारा एरिना
२०१७ मा बनाइएको यो नयाँ स्टेडियमको दर्शक क्षमता ४५ हजार छ । जहाँ समूह चरणका चार, प्रिक्वाटरफाइनलको एक र क्वाटरफाइनलको एक खेल हुनेछन् । समूह चरणमा कोस्टारिका र सर्विया, डेनमार्क र अष्ट्रेलिया, उरुग्वे र रसिया भिड्न्छन् ।
३.सेन्ट पिटर्सबर्ग
२०१७ मा खुल्ला गरिएको यो स्टेडियममा ६७ हजार दर्शक अटाउँछन् । एउटा सेमिफाइनल र तेस्रो स्थान सहित यसमा सात खेल हुनेछन् । जसमा मोरक्को र इरान, रसिया र इजिप्ट, ब्राजिल र कोस्टारिका, अर्जेन्टिना र नाइजेरियाले समूह चरणका खेल खेल्नेछन् । प्रिक्वाटरफाइनलको एकखेल पनिहुनेछ ।
४.काजन एरिना 
२०१३ मा खुल्ला भएको यो स्टेडियममा ४५ हजार दर्शकले खेल हेर्न सक्नेछन् । यसमा समूह चरणका चार, प्रिक्वाटरको एक र क्वाटरफाइनलको एक खेल हुनेछन् । समूह चरणमा फ्रान्स र अष्ट्रेलिया, इरान र स्पेन, पोल्याण्ड र कोलम्बिया, दक्षिण कोरिया र जर्मनी भिड्नेछन् ।
५.कालिन्ग्रेड स्टेडियम

२०१७ मा बनेको यो स्टेडियमको दर्शक क्षमता ३५ हजार २ सय १२ छ । जसमा समूह चरणका चार खेल हुनेछन् । क्रोयसिया र नाइजेरिया, सर्विया र स्वीटजरल्याण्ड, स्पेन र मोरक्को, इङल्याण्ड र बेल्जियम आमनेसामने हुँदैछन ।
६मस्को स्पार्टक स्टेडियम

‘२०१४ मा खुल्ला गरिएको यो स्टेडियमको दर्शक क्षमता ४२ हजार छ । जहाँ समूह चरणका चार र प्रिक्वाटरफाइनलको एक खेल हुनेछ । अर्जेन्टिना र आइसल्याण्ड, पोल्याण्ड र सेनेगल, बेल्जियम र ट्युनिसिया, सर्विया र ब्राजिल भिड्नेछन् ।
७ भोल्गोगार्ड स्टेडियम

२०१७ मा तयार गरिएको यो स्टेडियमको दर्शक क्षमता पनि ४५ हजार नै छ । यसमा समूह चरणका चार खेल हुनेछन् । जसमा ट्युनिसिया र इङल्याण्ड, नाइजेरिया र आइसल्याण्ड, साउदी अरेबिया र इजिप्ट, जापान र पोल्याण्ड आमनोसामने हुँदैछन् ।
८.निज्नी नोभ्गोरोड

नोभ्गोरोड स्टेडियमको दर्शक क्षामता ४५ हजार छ । जसमा समूह चरणका चार, प्रिक्वाटरफाइनलको एक र क्वाटरफाइनलको एक खेल हुनेछन् । समूह चरणमा स्वीडेन र दक्षिण कोरिया, अर्जेन्टिना र क्रोयशिया, इंगल्याण्ड र पानामा, स्वीटजरल्याण्ड र कोस्टारिका भिड्नेछन् ।
९सरान्स्क : मोर्डोभिया एरिना

यसको दर्शक क्षमता ४५ हजार छ । यो पनि २०१७ मा खुल्ला गरिएको स्टेडियम हो । यसमा समूह चरणका चार खेल हुनेछन् । जसमा पेरु र डेनमार्क, कोलम्बिया र जापान, इरान र पोर्चुगल, पानामा र ट्युनिसिया भिड्न्छन् ।
१०.रोस्टोव ओन्डोन

रोस्टोव ओन्डोन एरिनाको २०१७ मा तयार गरिएको स्टेडियमको दर्शक क्षमता ४५ हजार छ । जहाँ समूह चरणका चार र प्रिक्वाटरफाइनलको एक खेल हुनेछन् । समूह चरणमा ब्राजिल र स्वीटजरल्याण्ड, उरुग्वे र साउदी अरेबिया, दक्षिण कोरिया र मेक्सिको, आइसल्याण्ड र क्रोयशिया भिड्नेछन् ।
११.सोची फिस्ट स्टेडियम

२०१३ मा खुल्ला गरिएको यो स्टेडियमको दर्शक क्षमता ४८ हजार छ । समूह चरणका पाँच र प्रिक्वाटरफाइनल र क्वाटरफाइनलका एकएक खेल हुनेछ । समूह चरणमा सबैभन्दा प्रभावशाली र महत्वपूर्ण हुने मानिएको पोर्चुगल र स्पेन यही मैदानमा भिड्दैछन् । बेल्जियम र पानामा र जर्मनी र स्वीडेन, अष्ट्रेलिया र पेरु पनि यही मैदानमा आमनेसामने हुनेछन् ।
१२.एकाटेरिनबर्ग एरिना

२०१७ मा खुल्ला गरिएको यो नयाँ स्टेडियममा ४५ हजार दर्शक अटाउँनेछन् । जसमा समूह चरणका चार खेल हुनेछन् । इजिप्ट र उरुग्वे, फ्रान्स र पेरु, जापान र सेनेगल, मेक्सिको र स्वीडेन यही मैदानमा भिड्नेछन् ।
प्रतिक्रिया