एड्स संक्रमित घट्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
एड्स संक्रमित घट्दै

सारांश

  • भद्रपुर, २८ भदौ ।
  • झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ ।
  • तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ ।

भद्रपुर, २८ भदौ । झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ ।

तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ ।

मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिनुभयो ।

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ ।

असुरक्षित यौन संसर्गकर्ता र लागुऔषध दुव्र्यसनी तथा मादक पदार्थको सेवनकर्ताकै कारण महिलाभन्दा पुरुषमा सो संख्या बढ्ने गरेको क्लबका कार्यक्रम संयोजक सोमराज ढकालले जानकारी दिनुभयो ।

विसं २०७४ साउन मसान्तसम्मको एक आवमा क्लबले ५१० संक्रमितलाई ७४६ पटक सेवा प्रवाह गरेको छ । पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरिएको क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीको भनाइ छ ।

क्लबले ११ महिनाका अवधिमा एक हजार ९६४ थान कण्डम वितरण गरेको र संक्रमित ६५ जनालाई चिकित्सा सेवा दिएको चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?