एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशीका शत्रु हुन् : उपाध्यक्ष वामदेव गौतम

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशीका शत्रु हुन् : उपाध्यक्ष वामदेव गौतम

सारांश

  • बर्दिया ।
  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशी समुदायको शत्रु भएको बताउनु भएकोछ ।
  • गुलरिया नगरपालिका वडा ९ टेपरीमा आयोजित वाम गठवन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले एमाले कुनै पनि हालतमा मधेश र मधेशी समुदायको विरोधी हुन नसक्ने बताउनु भयो ।

बर्दिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशी समुदायको शत्रु भएको बताउनु भएकोछ ।
गुलरिया नगरपालिका वडा ९ टेपरीमा आयोजित वाम गठवन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले एमाले कुनै पनि हालतमा मधेश र मधेशी समुदायको विरोधी हुन नसक्ने बताउनु भयो । बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उमेद्वार समेत रहनुभएका उपाध्यक्ष गौतमले मधेशमा एमालेको लोकप्रियता देखेर विरोधीहरुले हल्ला फैलाएको आरोप लगाउनु भयो । गौतमले भन्नु भयो, ‘एमाले मधेश र मधेशीको विकास चाहाने एक मात्र पार्टी हो । मधेश र मधेशी समुदायलाई सवल, सक्षम र समृद्ध बनाउन लागि रहन्छ ।’
वाम गठबन्धनका उम्मेद्वार गौतमले एमाले र माओवादी केन्द्र मिलेर मंसिर पछि सरकार बनाउने र त्यसपछि मधेशमा रहेका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने दावी गर्नुभयो । मधेशी समुदायमा रहेको नागरिकताको समस्यालाई आफूले नजिकबाट बुझेको र त्यसको समधानका लागि आफूले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उमेद्वार गौतमले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


अधिकांश समय सरकारमा रहेको नेपाली कांग्रेसले मधेश र मधेशी समुदायको हितमा कुनै काम नगरेको दावी गर्दै उपाध्यक्ष गौतमले वाम गठवन्धको सरकार बनेपछि मधेशी समुदायका महिलाहरुको लागि समेत अनिवार्य रुपमा रोजगारीको व्यवस्था गरिने बताउनु भयो । वाम गठबन्धनको लोकप्रियता देखेर अत्तालिएकाहरुले भ्रम फैलाउन सक्ने भन्दै गौतमले सबैलाई सचेत रहन समेत आग्रह गर्नुभयो ।
चुनावी सभालाई वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) का उम्मेद्वार तिलक शर्मा ‘हिमाल’, समानुपातिक तर्फका धनेश कुमार यादव लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र र एमालेमा प्रवेश गरेकाहरुलाई एमाले उपाध्यक्ष गौतम र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बर्दिया इञ्चार्ज हिमालले स्वागत गर्नु भएको थियो ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस निकट दलित संघका क्षेत्रीय सचिव तारा बहादुर सुनार सहित ५० जना माओवादी केन्द्रमा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य दिलिप श्रीवास्तव सहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबाट ६० जना एमालेमा प्रवेश गरेका थिए ।
गुलरिया नगरपालिकाको वडा नं.८, ९ र १० को वडा स्तरीय चुनावी सभा सम्पन्न गरिएको वाम गठबन्धन गुलरिया नगरकमिटीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?