नयाँ जिल्ला न्यायाधीशमा १६ जना सिफारिश, नाम सहित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नयाँ जिल्ला न्यायाधीशमा १६ जना सिफारिश, नाम सहित

सारांश

  • काठमाडौँ, २२ जेठ – न्यायपरिषद्ले न्याय सेवा आयोगबाट परीक्षामा उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।
  • न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीशको प्रधानन्यायाधीशले नियुक्ति गर्ने संवैधानिक व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिशपत्र पठाएको हो ।
  • न्याय सेवा आयोगले पहिलो पटक न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जना जिल्ला न्यायाधीशमा उत्तीर्ण हुनुभएको थियो ।

काठमाडौँ, २२ जेठ – न्यायपरिषद्ले न्याय सेवा आयोगबाट परीक्षामा उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।

न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीशको प्रधानन्यायाधीशले नियुक्ति गर्ने संवैधानिक व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिशपत्र पठाएको हो ।

न्याय सेवा आयोगले पहिलो पटक न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जना जिल्ला न्यायाधीशमा उत्तीर्ण हुनुभएको थियो ।

जिल्ला न्यायाधीशका लागि परीक्षामा उत्तीर्ण हुनेमा कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, कमला पौडेल, समनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र सोमनाथ अधिकारी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?