‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
३६ पटक हेरिएको
Shares
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

सारांश

  • काठमाडौँ ।
  • गोकर्णेश्वर मेयर कपु राष्ट्रिय स्नुकर प्रतियोगिता सञ्चालन हुने भएको छ ।
  • यही भदौ २५ गतेदेखि छोर्तेन स्नुकर क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

काठमाडौँ । गोकर्णेश्वर मेयर कपु राष्ट्रिय स्नुकर प्रतियोगिता सञ्चालन हुने भएको छ । यही भदौ २५ गतेदेखि छोर्तेन स्नुकर क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगितामा ५२ जिल्लाका २५६ भन्दा बढी खेलाडी सहभागी हुने संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी दिए।

प्रतियोगितामा पहिलो चरणका खेल वेस्ट अफ फाइभ र फाइनल चरणका खेल वेस्ट अफ थर्टिन ढाँचामा खेलाइनेछ। सहभागी खेलाडीले इन्ट्रीबापत ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ। काठमाडौं बाहिरका खेलाडीलाई खानबस्न आयोजकले व्यवस्था गर्नेछ।

प्रतियोगिता सम्पन्न गर्न गोकर्णेश्वर नपाले सहयोग गर्ने मुल्मीले जानकारी दिए। राष्ट्रियस्तरमा सर्वाधिक राशिको पुरस्कार भएको उनले बताए। प्रतियोगिताका विजेताले दुई लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यसैगरी दोस्रो हुनेले १ लाख ११ हजार र तेस्रो हुने दुईजनाले समान ५१‚ ५१ हजार रुपैयाँ पाउनेछन्।

यदि कुनै खेलाडीले १४७ ब्रेक गरेमा १० लाख रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै सेन्सर ब्रेक गर्नेले एक लाख एक हजार रुपैयाँ जित्नेछन्।

त्यस्तै हाइएस्ट ब्रेक गर्नेले २५ हजार, बेस्ट प्लेयरले १५ हजार, राइजिङ प्लेयर, बेस्ट डिसिप्लिन प्लेयर र क्वार्टरफाइनल खेल्ने खेलाडीले समान ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?