बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
सारांश
- नेपालमा रिंग रेस्लिङको विकास गर्दै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सक्रिय रहँदै आएको नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधि पनि गर्दै आइरहेको छ ।
- यही क्रममा आउँदो वैशाख २८ गते एम के डब्ल्यू बेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
- डिस होमसँगको सहकार्यमा हुन लागेको उक्ता प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्डहलमा ३ बजेदेखि सुरु हुने छ ।
नेपालमा रिंग रेस्लिङको विकास गर्दै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सक्रिय रहँदै आएको नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधि पनि गर्दै आइरहेको छ । यही क्रममा आउँदो वैशाख २८ गते एम के डब्ल्यू बेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना गर्ने भएको छ । डिस होमसँगको सहकार्यमा हुन लागेको उक्ता प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्डहलमा ३ बजेदेखि सुरु हुने छ । प्रतियोगितामा ६ देशका टप रेसलरहरु सहभागि हुँदैछन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद र एम.के.डब्ल्यू. चीनको समन्वय रहनेछ । नेपालका चर्चित रेसलर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, चट्टान, दिशाला लगायतले प्रतिष्पर्धा गर्नेछन् ।
त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि सहभागि हुँदैछन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बाले पनि उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टनर डिस मिडिया नेटवर्क लिमिटेडको एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ ।
संघले यस अघि पनि महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गरिसकेको छ । काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तराष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाण्डौ र ईटहरीमा सम्पन्न गरिसकेको छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।
प्रतिक्रिया