भोलीदेखि पाइनलाइनबाट तेल आउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
४७ पटक हेरिएको
Shares
भोलीदेखि पाइनलाइनबाट तेल आउने

सारांश

  • भोलिबाट नेपालले भारतबाट पाइपलाइनमा तेल आयात गर्नेछ ।
  • अमलेखगञ्जस्थित डिपोमा भारतको मोतीहारीबाट सिधै पाइपलाइनबाट तेल आयात हुनेछ ।
  •  नेपाल र भारतका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्समार्फत् पाइपलाइनको उद्घाटन गर्नेछन् ।

भोलिबाट नेपालले भारतबाट पाइपलाइनमा तेल आयात गर्नेछ । अमलेखगञ्जस्थित डिपोमा भारतको मोतीहारीबाट सिधै पाइपलाइनबाट तेल आयात हुनेछ । नेपाल र भारतका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्समार्फत् पाइपलाइनको उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरे लगत्तै मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल झर्नेछ ।

६८.९ किलोमिटर लामो पाइपलाइन महत्वाकांक्षी योजना अन्र्तगत पर्दछ । प्रतिघन्टा दुई लाख लिटर तेल बग्ने पाइपलाइनका खसेको तेल जम्मा गर्ने चारवटा ट्यांक अमलेखगञ्जनमा निर्माण गरिएका छन् । प्रत्येक ट्यांकले तीन हजार नौ सय किलोलिटर तेल जम्मा गर्ने क्षमता राख्छन् । झण्डै तीन अरब भारतीय रुपैयाँ लागतमा निर्माण भएको पाइपलाइन निर्माणमा नेपाल सरकारको एक अर्ब नेपाली रुपैयाँ लगानी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदाको बखत भारत भ्रमणका दौरान पाइपलाइन निर्माणको सम्झौता थयो । पाइपलाइन निर्माणका लागि निकै चुनौती झेल्नुपरेको थियो । तीन किलोमिट पर्सा वन्यजन्तु निकुञ्ज क्षेत्र पर्ने भएकाले वातावरणीय चुनौती समेत आएको थियो ।

यसैगरी, भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै भोलि हुने पाइपलाइन उद्घाटनको जानकारी गराएका छन् । पाइमपाइन योजनालाई दुई देशको निकट सम्बन्धको उदाहरण भनिएको छ । भारतीय प्रधानमन्त्री कार्यालयले यसबाट ऊर्जा सुरक्षाको विकास हुनुका साथै ढुवानी खर्च बच्ने विश्वास गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा
जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा
स्थानीय तह निर्वाचन : कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी तेस्राे दल
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प
इन्द्रजात्राको अवसरमा दुई शहरका विदेशी पाहुना नेपालमा
इन्द्रजात्राको अवसरमा दुई शहरका विदेशी पाहुना नेपालमा
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै