अदालतको फैसला नटेर्ने यि पूर्व अधिराजकुमारी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अदालतको फैसला नटेर्ने यि पूर्व अधिराजकुमारी !

सारांश

  • काठमाडाै, २२ जेठ ।
  • नेपाल ट्रष्टको कार्यालयले छाउनीस्थित विजयाबास खालि गरिदिन गरेको आग्रहसहितको पत्र समेत पूर्व अधिराजकुमारी प्रेरणा शाहले बुझ्न अस्वीकार गरेपछि सरकारले बल प्रयोग गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।
  • २३ बैशाख (०७५) मा नेपाल ट्रष्टको कार्यालयले २१ पुष ०७३ मा सर्वाेच्च अदालतकी तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्की सहितको पूर्ण इजलासले सो घरजग्गा नेपाल सरकारको हुने फैसला सुनाएको थियो।

काठमाडाै, २२ जेठ । नेपाल ट्रष्टको कार्यालयले छाउनीस्थित विजयाबास खालि गरिदिन गरेको आग्रहसहितको पत्र समेत पूर्व अधिराजकुमारी प्रेरणा शाहले बुझ्न अस्वीकार गरेपछि सरकारले बल प्रयोग गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

२३ बैशाख (०७५) मा नेपाल ट्रष्टको कार्यालयले २१ पुष ०७३ मा सर्वाेच्च अदालतकी तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्की सहितको पूर्ण इजलासले सो घरजग्गा नेपाल सरकारको हुने फैसला सुनाएको थियो।

८ असोज २०६७ मा मन्त्री परिषदले अधिराजकुमारी प्रेरणाले प्रयोग गर्दै आएको छाउनीस्थित सो घरजग्गाका सहित पूर्व राजा वीरेन्द्रको नाममा अन्य ३० स्थानका घरजग्गा नेपाल ट्रष्टमा कायम गर्ने निर्णय गरेको थियो। यो निर्णयबाट आफू मर्कामा परेको भन्दै पूर्व अधिराजकुमारी शाहले २५ कार्तिक ०७१ मा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। ६ असार ०७३ मा सर्वाेच्चले शाहको पक्षमा फैसला सुनाएको थियो।

फैसलाप्रति असहमति जनाउँदै नेपाल ट्रष्टले सर्वाेच्चमा पुनरावेदन गरेपछि प्रधानन्यायाधीस सुशीला कार्कीसहितको पूर्ण इजलासले घरजग्गा नेपाल सरकारकै हुने फैसला सुनायो। फैसला लगत्तै ट्रष्टले घरजग्गा खालि गरिदिन अनुरोध गरेपनि प्रेरणाले घर जग्गा खालि गरिनन्। त्यसपछि सर्वाच्चको फैसलाको पूर्ण पाठको प्रतीक्षामा रहेको ट्रष्टले पूर्ण पाठ प्रकासित भएपछि २३ बैशाखमा ट्रष्टले पूर्व अधिराजकुमारीलाई सो स्थान खालि गरिदिन पत्राचार गरेको हो।

तर, एक महिना बित्न लागिसक्दापनि प्रेरणाले नेपाल ट्रष्टको पत्र समेत बुझ्न मानेकी छैनन्। कर्मचारी खटाएर पठाएको पत्र बुझ्न नमानेपछि ट्रष्टले हुलाकमार्फत् पत्र पठाएको थियो। तर सो पत्र समेत बुझ्न नमानेको ट्रष्टका अधिकारीहरुको भनाई छ। स्रोतका भनाईमा, सर्वाेच्चको फैसला अनुसार ट्रष्ट मातहत आइसकेपनि प्रेरणाको निवासमा खटिएका सुरक्षाकर्मीहरुले ट्रष्टका कर्मचारीहरुलाई विजयावासभित्र प्रवेश गर्न समेत दिएका छैनन्।

३५ दिनभित्र सो घरजग्गा खालि गरिदिन ट्रष्टले गरेको समयावधि जेठ २५ गते सकिनेछ। सर्वाेच्च अदालतको फैसला अनुसार १५ रोपनी क्षेत्रफलमा फैलिएको सो घरजग्गा नेपाल ट्रष्टको नाममा आइसकेकाले नेपाल ट्रष्ट त्यत्तिकै छाड्ने स्थितिमा छैन। सोही अवधिमा पनि प्रेरणाले सो घरजग्गा नछाडेमा ट्रष्टका अघिल्तिर कि सर्वाेच्च अदालतको फैसला कार्यान्वयन इकाई, कि त गृह मन्त्रालयलाई गुहानुपर्ने हुन्छ।

राजा त्रिभुवनकी छोरी विजया शाहको नाममा रहेको सो घरजग्गा ८ जेठ २०५९ मा छोरी प्रेरणाको विहे राजबहादुर सिंहसँग हुँदा तत्कालिन राजा ज्ञानेन्द्रले दाइजोको रुपमा दिएका थिए। तीन बर्षअघि दाइजो दिइएको घरजग्गाको ६ जेठ २०६२ मा ‘श्री ५ महाराजधिराज’ नारायणहिटी राजदरवार’ को नाममा श्रेस्ता कायम गरिएको थियो। त्यसै आधारमा सो घरजग्गा श्री ५ वीरेन्द्रको रहेको भन्दै सरकारले नेपाल ट्रष्ट मातहत ल्याएको थियो।

सर्वाेच्चको फैसला अनुसार नेपाल सरकार मातहत आएको सो घरजग्गा पूर्व अधिराजकुमारी प्रेरणाले खालि नगरेमा सरकारले बल प्रयोग गर्नसक्छ। ट्रष्टले दिएको ३५ दिने अवधि २५ जेठमा सकिँदैछ। यदि सोही अवधिमा पनि उनले खालि नगरेमा ट्रष्टले फेरि सर्वाेच्च गुहार्न सक्छ, त्यो अवस्थामा सर्वाेच्चको फैसला कार्यान्वयन इकाइले फैसला कार्यान्वयन गरी सो घर जग्गा नेपाल ट्रष्ट मातहत ल्याउन नेपाल सरकारलाई अनुरोध गर्नेछ।

संयोगबस नेपाल ट्रष्टको संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली आफै छन् भने अध्यक्ष गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छन्। उपाध्यक्ष मुख्य सचिव रहेको सञ्चालक समितिमा गृह, कानून लगायत विभिन्न मन्त्रालयका सचिवहरु सदस्यका रुपमा छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bijendra Kumar Rai

    Ke yini kaanun bhanda maathi hun ?

    Comment Author

    San Toshh Kunwarr

    Keraa jasto kaanoon kina maanne ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?