केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
४० पटक हेरिएको
Shares
केरुङ प्रवेशको परिचयपत्र सहज गराउन आग्रह

सारांश

  • काठमाडौं ।
  • नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् ।
  • व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन् ।

काठमाडौं । नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् ।

व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन् ।

टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्काे ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यस सम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताए ।

कोरोना सङ्क्रमणपश्चात् २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो । अनावश्यक टीकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइँकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव सङ्कलन गरिसकेको छ ।

केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ । सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
६ महिनापछि एकदिवसीय खेल्दै नेपाल
६ महिनापछि एकदिवसीय खेल्दै नेपाल
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल
भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल
नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख
नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित