छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी

सारांश

  • अभिमन्यु निरवी, लेखक हेटौंडाका अभिमन्यु निरभी लेखनमा माहिर मानिन्छन् ।
  • हालसालई ‘छक्का पन्जा’ भन्ने हिट चलचित्र दिएर दर्शकहरु बाट माया बटुलेका अभिमन्यु अहिले छक्का पन्जा फेरी लिएर छिट्टै नै दर्शक सामु आउँदै छन् ।
  • उन्को लेखनको किताब साउने झरी पनि निकै मनपराइएको किताब हो ।

अभिमन्यु निरवी, लेखक
हेटौंडाका अभिमन्यु निरभी लेखनमा माहिर मानिन्छन् ।हालसालई ‘छक्का पन्जा’ भन्ने हिट चलचित्र दिएर दर्शकहरु बाट माया बटुलेका अभिमन्यु अहिले छक्का पन्जा फेरी लिएर छिट्टै नै दर्शक सामु आउँदै छन् । उन्को लेखनको किताब साउने झरी पनि निकै मनपराइएको किताब हो ।  शिखर न्युज का लागी अमृता खनाल .

कसरी आउनुभयो यो फिल्ड मा ?
२०६३ मा एउटा कथा लेखन प्रतियोगिताबाट म यो क्षेत्रमा प्रवेश गरेको हुँ ।
धेरै तिर आबद्द हुनुहुन्छ। समय कसरी मिलाउनुहुन्छ तपाईं ?
समय मिलाउन गाह्रो हुँदाहुँदै पनि जति क्षेत्रमा हात हालेको छु त्यो सबै क्षेत्रको आधार एउटै हो,लेखन । त्यसैले समय मिलाएर गरिरहेको छु । अग्रिम योजना भए समय मिलाउन सकिन्छ ।
के काम गर्दा चाही तपाईं एकदम रमाउनुहुन्छ ?
कथा वा चलचित्र लेखनमा नयाँ घटना र परिस्थितीहरुको सिर्जना गर्दा निकै खुशी लाग्छ । त्यहाँका पात्रहरुसँग एक खालको प्रेम बसेर पनि होला शायद ।

Image may contain: 1 person
यस्तो राम्रो हिट स्क्रिप्ट् लेख्नुहुन्छ अभिमन्यु जि, आफु लाई यहाँ सम्म ल्याउन को लागि के कस्तो संघर्स गर्नु पर्यो ?
संघर्ष शायद सबैको जीवनमा हुन्छ । मेरो पनि थियो र अझै छ । सबैभन्दा ठूलो संघर्ष त आफैंसग थियो । राम्रो लेख्नको लागि गरिएको संघर्ष । धेरैले त्यसलाइ मन पराइदिनुभयो र आज यहाँसम्म आइपुगेको छु ।
कहिले काही अल्छि लाग्छ नि काम देखी दिक्क पनि लाग्छ होला, त्यो बेलामा फ्रेश हुन के गर्नुहुन्छ ?
फ्रेस हुन किताब पढ्छु । फिल्म हेर्छु ।
एउटा ले अर्का को स्टोरी कपी गर्ने चलन बढीराछ नि, केही भन्न चाहनुहुन्छ यस्ता मान्छे हरुलाई ?
प्रेरित हुन सक्छन् मान्छेहरु । तर कपि नै गर्दा चाहिँ दर्शक र पाठकबाट तिरस्कृत हुने संभावना उतिकै हुन्छ । त्यसैले यो लेखक अथवा सर्जकले बिचार गर्ने कुरा हो ।
Image may contain: one or more people, indoor and closeup
कुन वर्ग को मान्छे लाई लक्छित गरेर बनाउदै हुनुहुन्छ ‘छक्का पन्जा फेरी’ को स्क्रिप्ट् ?
यो फिल्म युवा पुस्ता लक्षित छ ।

‘छक्का पन्जा फेरी’ हेरिसकेपछी मान्छे हरु कत्ती को सोचाइ मा पर्न वाध्य हुनेछनरु कि रमाइलो को लागि मात्र हो ?
रमाइलो त छ नै तर यसपाली पनि फिल्म हेरिसकेपछि युवाहरुले गम्भिर भएर केही कुरा पक्कै सोच्नेछन् ।
च्यालेन्ज के छ त अब तपाईं हरु को टिम लाई ?
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो ।
केही भन्न चानुहुन्छ दर्शक हरुलाई ‘छक्क पन्जा फेरी’ को बारे मा ?
फिल्म हेर्दा निराश बनाउँदैन । छक्का पन्जा भन्दा यो फिल्म लेखनको हिसाबले कमजोर छैन । प्राविधिक रुपमा त फिल्म बनेपछि थाहा हुने कुरा हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलेख : बजार नपाएर अदुवा किसान हैरान
आलेख : बजार नपाएर अदुवा किसान हैरान
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
बैशाख ९ गते एमाले–माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध
एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
भारत र चीनबीचको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाको आग्रह
भारत र चीनबीचको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाको आग्रह
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
SRK’s daughter Suhana Khan gets trolled for wearing bikini!
SRK’s daughter Suhana Khan gets trolled for wearing bikini!

तपाईंले छुटाउनुभयो कि?