देउवाले गरे यि तिन नेतालाई केन्द्रीय सदस्यमा मनोनित
सारांश
- काठमाडौं, २४ जेठ ।
- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
- सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
काठमाडौं, २४ जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौं) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Netra Ghimire
मर्ने बेलामा हरियाे काक्रो
Bikram Malla
good