नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
सारांश
- नवलपरासी, २९ भदौ ।
- पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।
- सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छसशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए ।
नवलपरासी, २९ भदौ । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छसशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए ।गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो ।
पाल्हीनन्दनमा रुख कटान
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ लङ्गडीपाकडस्थित गण्डक नहरमा रहेका रुख अवैध रूपमा कटानी भएको छ । केही स्थानीयबासीले ले लङ्गडीपाकड गाउँको उत्तरतर्फ रहेको पश्चिम गण्डक नहरसँगै रहेको पुसहा नदीदेखि पश्चिम ९५ नम्बर भन्ने पुलसम्म करीब २५ काँचो रुख कटान गरिएको जनाएका छन् ।स्थानीयवासीले जिल्ला वन कार्यालयमा दिएको निवेदनमा सिसम १८ थानसहित गुल्लर र सफेदा गरी करीब २५ रुख कटान भएकाले कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको स्थानीयवासी रामचन्द्र मालीले जानकारी दिनुभयो ।
उक्त कार्यालयले भने ती रुख अनुमतिविनै काटिएकाले उक्त काममा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गरिने जनाएको छ ।उक्त कार्यालय र सेक्टर वन कार्यालय बन्जरीयांले रुख कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न चासो नदेखाएको स्थानीयवासीको आरोप छ । अहिले कटान भएका रुखका गोटाहरु लङ्गडीपाकड गाउँमा राखिएको छ ।
प्रतिक्रिया