१० रुपियाँमा स्कुलमै पाकेको गाउँकै खाजा खान्छन् सर र विद्यार्थी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
५३ पटक हेरिएको
Shares
१० रुपियाँमा स्कुलमै पाकेको गाउँकै खाजा खान्छन् सर र विद्यार्थी

सारांश

  • दोलखा – कक्षाकोठाको पल्लो छेउमा बनाइएको अगेनोमा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुन गाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् ।
  • छेउमै उनकी छिमेकी छत्रमाया सुवेदी आलु ताछ्दैछिन् ।
  • केही बेरमा सुशीलाले अगेनोमा भाँडो बसालिन्।

दोलखा – कक्षाकोठाको पल्लो छेउमा बनाइएको अगेनोमा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुन गाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् ।

छेउमै उनकी छिमेकी छत्रमाया सुवेदी आलु ताछ्दैछिन् ।
केही बेरमा सुशीलाले अगेनोमा भाँडो बसालिन्।

आलु र गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो । लगत्तै पिठो मुछेर उनीहरुले रोटी पनि तयार पारे । उनीहरुले पकाइ–तुल्याइसकेको केही बेरमा टिनिनिनी घण्टी बज्यो । विद्यालयका बालबालिका लाम लागे । उनीहरुलाई सुशीला र छत्रमायाले कचौरामा तरकारी र प्लेटमा रोटी राखेर दिए । विद्यार्थीलाई खुवाइसकेपछि शिक्षकलाई पनि खुवाएर भाँडाकुँडा सफा पारी उनीहरु घर फर्किए। आजको नागरिक दैनिकमा खबर छ ।

सदरमुकाम चरीकोटनजिकको मकैबारी गाउँस्थित हरिकीर्तन आधारभूत विद्यालयमा एउटा कोठामा बनाइएको भान्सामा खाजा पकाउन खटिएका सुशीला र छत्रमायाको उद्देश्य व्यापार गर्नु भने होइन । यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ । विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् । अभिभावकले पालैपालो खाता तयार पार्छन्।

बालबालिकामा ‘जंक फुड’ को लत लागेपछि विद्यालयको पहलमा अभिभावकले प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ उठाएर भान्सा चलाएका हुन् । ‘प्याकेटका चाउचाउ, बिस्कुट, लेजजस्ता सुक्खा खानेकुरा खाएर हाम्रा बच्चा अस्वस्थ हुने डरले सबैको सल्लाहमा विद्यालयमा भान्सा चलाएका हौं’, सुशीलाले भनिन् । १ देखि ७ कक्षासम्म पढाइ हुने यो विद्यालयमा एक सय विद्यार्थी पढ्छन् ।

तीमध्ये ५५ जना दलित समुदायका छन् । शिक्षक कृष्ण मुग्रातीका अनुसार विद्यार्थी जंक फुडको लतमा फसेपछि अभिभावकको भेलाबाट निर्णय गराएर फागुन १४ देखि भान्सा चलाइएको हो । सूर्योदय प्रतिष्ठाननामक गैरसरकारी संस्थाले पकाइतुल्याइ गर्न नौ हजार रुपैयाँका भाँडाकुडालगायतका सामान किनिदिएको छ । ‘यसलाई दीर्घकालीन बनाउन पछि पनि सहयोग गर्छौं भनेका छन्’, मुग्रातीले भने ।प्रधानाध्यापक हरिहर दाहालका अनुसार विद्यालयमा भान्सा चलाउने निर्णय त गरे तर आर्थिक जोहो कहाँबाट गर्ने भन्ने कुराले विद्यालय प्रशासनलाई पिरल्यो।

‘सबै अभिभावकलाई जंक फुडले बालबालिकाको शरीरलाई भित्रभित्रै खाइरहेको कुरा बुझायौं’, उनले भने, ‘त्यसपछि सबैजना भान्सा चलाउन प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ दिन र पालो परेको दिन विद्यालयमा आएर खाजा बनाइदिन तयार भए ।’  उनका अनुसार सबै अभिभावकको टेलिफोन नम्बरसहितको विवरण विद्यालय प्रशासनले राखेको छ । ‘खाजा पकाउन पालो परेको कुरा टेलिफोनमा भनिदिन्छौं’, प्रधानाध्यापक दाहालले भने, ‘उहाँहरु ११ बजे आउनुहुन्छ, खाजा पकाएर सबै बच्चालाई खुवाउनुहुन्छ र जानुहुन्छ’ । खाजा बनाउन एकजना अभिभावकको  पालो डेढ महिनामा एकपटक आउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इद उल फित्र पर्व मनाउँदै
इद उल फित्र पर्व मनाउँदै
मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित
मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
छाेरा छाेरि र नातेदारकालागि परराष्टमा दरबन्दी थप्ने तयारी !
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा
लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा