राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !
सारांश
- काठमाडौं, २४ जेठ ।
- राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक भोलि शुक्रबार बस्दैछ ।
- बैठकले केन्द्रिय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भएको छ ।
काठमाडौं, २४ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक भोलि शुक्रबार बस्दैछ । बैठकले केन्द्रिय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भएको छ ।
राजपाको राजनीतिक समितिको बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय लिनसक्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । उनले फोरम नेतृत्वको प्रदेश नम्बर २ को सरकारबाट भने आफूहरु अहिल्यै नै अलग नहुने जिकिर गरे ।
वर्तमान सरकारले मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको पनि राजपाको आरोप छ । यादवले भने,‘सरकारले बजेटमा मधेशलाई पुरै उपेक्षा गर्यो, संघीयताको मर्म र भावना विपरित बजेट आएको छ, यो हामीलाई मान्य छैन।’
त्यस्तै सरकारले सविधान सशोधनमा पनि कुनै चासो नदेखाएकोमा राजपाले आपत्ति जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prakash Rai
nakaa bandi suru hune bho aba ..feri nepalma
KamalaPati Bhatta
केहि फरक पर्दैन