सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी

सारांश

  • फिदिम, पाँचथर, ७ मंसिर : आसन्न १० गतेको निर्वाचन सुरक्षालाई कडाइ गरिएको भन्दै प्रत्येक मतदातालाई निर्धक्क भएर मतदान गर्न पाँचथर जिल्ला प्रहरीले आह्वान गरेको छ ।
  • जनताले सुरक्षाको प्रत्याभूति पाउने गरी सुरक्षाको व्यवस्था गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक वामदेव गौतमले आज रासससँग कुरा गर्दै भन्नुभयो, “प्रत्येक मतदान केन्द्रमा केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षा टोली खटाइएको छ ।
  • ” कर्मचारी, मतपत्र, मतपेटिका सुरक्षा टोली सम्बन्धित पठाइएको बताउँदै उहाँले अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिए पनि हुन सक्ने खतरालाई त्यसको समाधान गर्न सुरक्षा संयन्त्र तयार रहेको बताउनुभयो ।

फिदिम, पाँचथर, ७ मंसिर : आसन्न १० गतेको निर्वाचन सुरक्षालाई कडाइ गरिएको भन्दै प्रत्येक मतदातालाई निर्धक्क भएर मतदान गर्न पाँचथर जिल्ला प्रहरीले आह्वान गरेको छ ।

जनताले सुरक्षाको प्रत्याभूति पाउने गरी सुरक्षाको व्यवस्था गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक वामदेव गौतमले आज रासससँग कुरा गर्दै भन्नुभयो, “प्रत्येक मतदान केन्द्रमा केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षा टोली खटाइएको छ ।”

कर्मचारी, मतपत्र, मतपेटिका सुरक्षा टोली सम्बन्धित पठाइएको बताउँदै उहाँले अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिए पनि हुन सक्ने खतरालाई त्यसको समाधान गर्न सुरक्षा संयन्त्र तयार रहेको बताउनुभयो ।

हालसम्म पाँचथर प्रहरीले नियमित गतिविधिमा अवरोध गर्नेलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक गौतमले अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाइएको जानकारी दिनुभयो ।

प्रत्येक गाउँमा सुरक्षा टोली पुगेको भन्दै उहाँले निर्वाचनका लागि ७१९ नेपाल प्रहरी, ४१९ सशस्त्र प्रहरी र ८६२ म्यादी प्रहरी खटाइएको जानकारी दिनुभयो ।

(thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?