बेपत्ताका परिवारलाई रु १० लाख क्षतिपूर्ति माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
बेपत्ताका परिवारलाई रु १० लाख क्षतिपूर्ति माग

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
  • रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए ।

काठमाडौँ, १० भदौ । प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।

त्यसैगरी नेकपाका भीमबहादुर रावलले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकमा केही दिन पहिले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निन्दा गर्दै घटनाको उचित अनुसन्धान र छानबिन गरी हत्यारालाई कानूनको कठघरामा ल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?