१०५ सिट जित्ने वाम गठबन्धनको दावी
सारांश
- १४ मंसिर, काठमाडौं ।
- वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय पाँच सिट जित्ने दावी गरेको छ ।
- एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरे ।
१४ मंसिर, काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय पाँच सिट जित्ने दावी गरेको छ ।
एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरे ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा चुनाव भएका ३७ क्षेत्र मध्ये ३२ वटामा जित्ने दावी गरे । ”प्रत्यक्ष तर्फका १६५ मध्ये एक सयदेखि १०५ सीटसम्म जित्छौ,’ उनले भने,’पहिलो चरणमा चुनाव भएका ३७ मध्ये ३२ सीटमा जित्छौं ।”
महासचिव पोख्रेलले काठमाडौंका सबै क्षेत्र जित्ने दावी समेत गरेका छन् ।
यस्तै सोही अन्तरक्रिया कार्यक्रममा पोख्रेलले सुरक्षा सम्बन्धी सरकार गैरजिम्मेवार रहेको भन्दै शंका व्यक्त गरेका छन् ।
उम्मेदवारहरुलाई लक्षित गरी बम पड्किरहेको बेला गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमै विस्फोटक बस्तुहरु भेटिएको भन्दै उनले शंका व्यक्त गरे । ”विप्लवले बम विष्फोट गरेको भए जिम्मा लिनु पर्ने हो,’ उनले भने,’सरकार गम्भीर छैन, गुल्मीका कांग्रेस कार्यकर्ताकेा घरमा विष्फोटक बस्तु भेटिएको छ, त्यो किन राखिएको हो ?”
Raz Birjung Rana
यो लगन गाठो को आयु धेरै छैन किनकी (१) झलनाथ खनाल (२) माधब नेपाल (३)पुष्प कमल दाहाल (४) के पी ओली यहॉ हरु सबैलाइ पिएम कै कुर्सि चाहीन्छ भोली गएर तेती खेर बिसाल युद्ध हुन्छ कती जना त हर्ट अट्याक भएर नै जाने बेर छैन तेसैले यो सम्भव छैन समय बर्बाद पारेर जनतालाइ झुक्याको मात्र हो….
Tej Nidhi Adhikari
समानुपातिक समेत जोडेर अरु 170 सिट कांग्रेसले ल्याउछ ठिकै हो।
Raju Bhandari Toya Nath
धादली र बुथ क्याप्चर गरेर त होलानी नत्र ५५ सिट मात्र हो