किम जोङ उनकाे विशेष विमान कस्तो छ?
सारांश
- जनवादी गणतन्त्र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका लागि विदेश यात्रा एउटा दुर्लभ घटना हो।
- राष्ट्रको सर्वोच्च नेताको हैसियतमा सिंगापुर पुगेका उनी यसअघि अपनाउँदै आएको मार्गभन्दा फरक तरिकाले सिंगापुर पुगेका छन्।
- उनले सिंगापुरकाे विदेश भ्रमणमा एयर चाइनाकाे विशेष विमान प्रयोग गरेका छन्।
जनवादी गणतन्त्र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका लागि विदेश यात्रा एउटा दुर्लभ घटना हो।
राष्ट्रको सर्वोच्च नेताको हैसियतमा सिंगापुर पुगेका उनी यसअघि अपनाउँदै आएको मार्गभन्दा फरक तरिकाले सिंगापुर पुगेका छन्।
उनले सिंगापुरकाे विदेश भ्रमणमा एयर चाइनाकाे विशेष विमान प्रयोग गरेका छन्। याेसहित उनकाे भ्रमणमा एक होइन तीन–तीन वटा विमान प्रयाेग भएका छन्। यसअघि उनी चीन भ्रमण गर्दा बुलेट फ्रुफ परम्परागत रेलमार्फत् आउजाउ गर्थे। तर चारैतिर समुन्द्रले घेरिएकाे एउटा टापु मुलुक पुग्न रेलबाट सम्भव थिएन। त्यही भएर आइतबार बिहान उनी विमानबाट सिंगापुर अवतरण भएका छन्।
सन् २०११ मा देशको सर्वोच्च नेताकाे पदमा अासिन भए लगत्तै उनले हवाई मार्गबाट चीनको भ्रमण गरेका थिए। चीन बाहेक यो उनको पहिलो विदेश भ्रमण हो। त्यस यता हवाई मार्गबाट भएको पहिलो विदेश यात्रा पनि हो।
दुई विमान सिंगापुर अवतरण
किम चीनकाे डलानमा अवतरण गर्दै
अघिपछि किमले प्रयोग गर्ने विमान कस्तो छ त?
किम योयोसन–६२एम जेटबाट सिंगापुर अवतरण गरेका छन्। उनको भ्रमण टोलीमा थप एउटा कार्गो विमान पनि सिंगापुर अवतरण गरेको छ।
उत्तर कोरियाको राष्ट्रिय ध्वजाबहाक एयर कोरियोसँग सोभियत संघ कालमा बनेका केही विमानहरु छन्। सन् १९६० को दशकमा सोभियत संघले यो विमान पहिलो पटक उत्पादन सुरु गरेको थियो। त्यतिबेला यो विमानलाई विश्वकै ठूलो मानिन्थ्यो। किमले व्यक्तिगत रुपमा प्रयोग गर्ने योयोसन–६२ सन् १९९० मध्यतिर बनेको विमान हो। ५० मिटर लम्बाई भएको यो विमानले २०० जना यात्रु बोक्ने क्षमता राख्छ। तर यो विमानको कलपुर्जा र प्राविधिक सहयोग विश्वका केही मुलुकमा मात्र उपलब्ध छ। त्यही भएर उनी सिंगापुर अाउँदा अर्काे विमान छानेकाे हुनसक्ने देखिन्छ।
याेयाेसन-६२एम जेटकाे अाफ्नाे डेस्कमा किम
योयोसन–६२एम ले १० हजार किलोमिटर ननस्टप उडान गर्ने क्षमता राख्छ। यो विमानमा अहिलेका आधुनिक विमानहरुजस्तो चुस्त सञ्चार गर्न कठिन छ। कार्गो विमानमा किमले लिमोजिनी कारसहित बन्दोबस्तीका सामग्री रहेका छन्।
किमले प्रयाेग गर्ने याेयाेसन-६२एमकाे ककपिट
उत्तर कोरियाली राष्ट्रिय ध्वजाबहाक एयर कोरियो अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको ब्रान्ड होइन। तर उसँग विश्वमै दुर्लभ मानिएको योयोसन–६२ जेटका लागि कलपुर्जा र प्राविधिक सहयोगको सुविधा छ। सिंगापुर भ्रमणका प्रयाेग भएकाे योयोसन–६२ विमानका क्याबिन क्र्युहरु एयर कोरियोकै हुन्। पुरानाे विमान भए पनि यसलाइ अारामदायी युक्त बनाइएकाे छ। सुविधाका दृष्टिले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्फले प्रयाेग गर्ने एयर फाेर्सकाे विमान र किमकाे विमानमा केही समानता छन्।
याेयाेसन-६२एम
सिंगापुरकाे सञ्चार मन्त्रालयले जारी गरेकाे तस्वीर अनुसार उन अाफ्नाे विशेष विमानमा सवार थिएनन्।
एयर चाइनाबाट सिंगापुर
एयर चाइनाकाे बाेइंगबाट उत्रिँदै किम
दुई उत्तर कोरियाली विमान सिंगापुर अवतरण गरे पनि तिनमा किम जोङ सवार थिएनन्। उनी एयर चाइनाको विमानमा चेंगी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्। सिंगापुरको सञ्चार मन्त्रालयले जारी गरेको तस्विरमा उनी एयर चाइनाको विमानबाट अवतरण गर्दै गरेको देखिन्छ।
स्विडेनको फ्लाइट ट्रयाक कम्पनी फ्लाइटराडर२४ डटकमका अनुसार एयर चाइनाको बोइङ ७४७ प्योङयाङबाट बेइजिङ हुँदै सिंगापुर अवतरण गरेको हो। किम सवार जहाजकाे फ्लाइट नं. सिए१२२ रहेकाे थियाे। -एजेन्सी
Krishna Guragain
Haha