माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

सारांश

  • काठमाडौं।
  • नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरको छ ।
  • सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो ।

काठमाडौं। नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरको छ ।

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो ।

नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समुह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै श्रीलंकाको ३ अंक रहेको छ भने माल्दिभ्सको एक अंक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?