रुकुमका गाउँपालिका वडा सदस्य नेपालगन्जमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
रुकुमका गाउँपालिका वडा सदस्य नेपालगन्जमा पक्राउ

सारांश

  • नेपालगन्ज,  २८ जेठ।
  • बाँकेको नेपालगन्जबाट प्रतिबन्धित लागू औषध अफिमसहित वडा सदस्य सहित ३ जना पक्राउ परेका छन् ।
  • रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मन बहादुर खत्री सहित ३ जनालाई ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले नेपालगन्जको एक होटलबाट पक्राउ गरेको हो ।

नेपालगन्ज,  २८ जेठ। बाँकेको नेपालगन्जबाट प्रतिबन्धित लागू औषध अफिमसहित वडा सदस्य सहित ३ जना पक्राउ परेका छन् ।

रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मन बहादुर खत्री सहित ३ जनालाई ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले नेपालगन्जको एक होटलबाट पक्राउ गरेको हो ।

बसपार्क रोडको दैलेखि जय होटलको कोठा नं २०४ बाट ६ किलो ५ सय ग्राम लागुऔषध अफिमसहित पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वडा सदस्य खत्री, सिस्ने गाउँपालिका –४ का ३७ वर्षिय भुपेश खड्का, वडा नंं ३ का २६ वर्षिय बमबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।

रुकुममै प्रति किलोको १ लाख पर्ने र भारत पुर्याए पश्चात यसको मूल्य प्रतिकिलो ५ लाख सम्ममा विक्रि हुने गरेको पक्राउ परेका अभियुक्तहरुले बयानमा जानकारी दिएको बाँके प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनजनालाई लागू औषध ओसारपसार तथा नियन्त्रण ऐन अनुसार १५ वर्ष जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको र सोही अनुरुप कारवाही हुने बाँकेका प्रहरी उपरीक्षक तामाङ्गले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kc Ganesh

    यो काङरेसले २ न.धन्दा भन्दा अरु काम गर्न कहिले नजान्ने भो काङरेस कै निर्बाचित वडा सदस्य पो रहेछ ,डाम्नो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
खाल्डाखुल्डी पुर्न महानगरले २५ करोड छुट्यायो
खाल्डाखुल्डी पुर्न महानगरले २५ करोड छुट्यायो
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
आज सुनको मूल्य रु चौबीस सयले बढ्यो, प्रतितोला रु ९७ हजार ८००
आज सुनको मूल्य रु चौबीस सयले बढ्यो, प्रतितोला रु ९७ हजार ८००
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
नेकपाकाे प्रदेश कमिटि सदस्य छानिए
नेकपाकाे प्रदेश कमिटि सदस्य छानिए
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै
चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
यसो भने आफ्नै जीवनबारे प्रचण्डले…
यसो भने आफ्नै जीवनबारे प्रचण्डले…