सुन तस्करी प्रकरण: समितिको म्याद थपिने, यि ‘ठुला माछा’ जालमा पर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ असार ।
  •   ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद बिहीबारबाट सकिएको छ ।
  • २० चैतमा गठित उक्त समितिको म्याद यसअघि एक पटक थप गरेर बिहीबार सकिएको हो ।

काठमाडौं, ३ असार ।  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद बिहीबारबाट सकिएको छ ।

२० चैतमा गठित उक्त समितिको म्याद यसअघि एक पटक थप गरेर बिहीबार सकिएको हो । गृह स्रोतका अनुसार समितिले पूर्ण रुपमा सुन तस्करीको अनुसन्धान नसकेको हुँदा फेरी एक महिना समय दिएर म्याद थप्ने तयारी भएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक रहेको समितिमा नेपाल प्रहरीका एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र निरीक्षक भिष्म हुमागाईं सदस्य छन् । राष्ट्रिय अनुसन्धान बिभागका डिआईजी हुतराज थापा पनि सुन तस्करीको अनुसन्धानमा थपिएका थिए। समितिले गायब बनाइएको भनिएको ३३ किलो सुनको बारेमा अहिलेसम्म पनि कुनै सुइको पाउन सकेको छैन ।

तस्करीका मुख्य नाइके एमके भनिने मोहन कुमार अग्रवाल पनि पक्राउ परेका छैनन । तस्करी र सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बयान दिएका थिए। गोरेले विमानस्थलका प्रहरी नायब महानिरिक्षक (डीआईजी) लाई प्रयोग गरेर सुन तस्करी सम्भव भएको बयानमा खुलाएका थिए । तर, समितीमा रहेका एसएसपी लामा र डिएसपी पाठकले बिमानस्थलमा १६ महिना सम्म काम गरेका पुर्व एआइजी बिजयलाल कायस्थलाई बयानका लागि बोलाउन भन्दा पनि बाहिर भेटेर उन्मुक्ति दिने काम गरेको स्रोत वताउँछ ।

उप्रेतीसँग एयरपोर्टमा छँदा देखि नै एसएसपी श्याम खत्रीले साँठगाँठ गरेको खुलेको थियो । खत्री एयरपोर्टमा रहँदा उनका हाकिम रहेका  कायस्थ १६ महिनासम्म सुन तस्करहरुकै सेटिङमा एयरपोर्टमै बसेका थिए । कायस्थका हरेक आदेश खत्रीले पालना गर्दै आएका थिए । तर, अहिलेसम्म पनि समितिले कायस्थलाई बयानका लागि बोलाएको छैन । लहरो तान्दा पहरो गर्जने भनेझैं कायस्थलाई आदेश दिने तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल पनि सुन तस्करी काण्डमा तानिने भएपछि कायस्थमाथि अनुसन्धान हुन नसकेको हो ।

सम्पूर्ण आदेश दिने र एयरपोर्टमा सुरक्षाको नेतृत्व गरेका कायस्थमाथि अनुसन्धान शुरु नगर्नु नै समितिको पूर्वाग्रहि कार्य भएको प्रहरीका एक उच्च अधिकारी दावी गर्छन् । स्रोतका अनुसार लामा र पाठकले गृहमन्त्री रामबहादुर थापालाई गलत तथ्य  दिएर कायस्थको समुहलाई जोगाउन खोजेका छन् । अर्कोतिर अकुत सम्पत्ति मुद्दामा कायस्थमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको हुँदा उनलाई पक्राउ गर्न दबाब परेको छ । कायस्थले १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए । अख्तियारले सुन काण्डको पुरानो फाइल पल्टाउँदै कायस्थमाथि अनुसन्धान गरेको स्रोत वताउँछ।

एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह, पुर्व एअाईजी बिज्ञान शर्माका भाई दया शर्मा, एयरपोर्टको गेटमा भबन निर्माणको ठेक्का पाएका एक व्यापारी र कायस्थको मिलेमतोमा सुन तस्करी धन्दा मौलाएको बिबरण पनि अख्तियारले हात पारेको छ ।

भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्की र उपेन्द्रकान्त अर्यालले जोगाएका थिए ।अख्तियारले एयरपोर्टको भबन निर्माणको ठेक्काका फाइल पनि झिकाएर ति व्यापारीमाथि निगरानी गरिरहेको अख्तियार स्रोतले थप उल्लेख गर्‍यो ।

(युनार्इटेड पाेस्ट साप्ताहिक बाट।)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    गएको र बिगत 5 वर्षभित्र गृहमन्त्री बनेको/भएका भूपू गृहमन्त्रहरुमाथि गम्भिर रुपमा अनुसन्धान नगरी र नगराइ हराएको भनिएको 33 KG.सुन र 3800 KG.सुन तस्करीका सम्बन्धमा कुनै जानकारी प्राप्त हुने छैन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?