पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
सारांश
- शिखरन्युज काठमाडौं, ५ साउन ।
- नेपालमा दुई तिहाई बहुमतप्राप्त बामपन्थी सरकार बनेको छ ।
- सरकारबाट जनताले तुरुन्तै परिणाम देखिने खालका कामको निकै आशा गरेका छन् ।
शिखरन्युज
काठमाडौं, ५ साउन । नेपालमा दुई तिहाई बहुमतप्राप्त बामपन्थी सरकार बनेको छ । सरकारबाट जनताले तुरुन्तै परिणाम देखिने खालका कामको निकै आशा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुन ३ गते सरकार बनेको थियो । ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ५ महिना पूरा गरेको छ ।
पाँच महिना पूरा गरिसक्दा पछिल्लो दुई महिनामा निकै आलोचना खेपेको सरकारले “समृद्ध नेपालः सुखी नेपाली”को नारा दिएर महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको थियो । जनताले तुरुन्तै देखिने काम सरकारले गरोस् भन्ने आशा बोकेर आलोचना गरेको देखिन्छ । जेठ १५ मा बजेट ल्याएपछि सरकारको आलोचना शुरु भएको थियो । सरकारले ५ वर्षमा सक्नेगरी कामको लक्ष्य बनाएर साउन १ गतेबाट कामको शैलीमा फेरबदल गरेको छ ।
सरकारले केही सुधारका काम पनि गरेको छ । साउन १ देखि काममा परिवर्तन गर्ने सुधार गर्ने सरकारले बताएको छ । सरकारले गरेका केही राम्रा काममा छिमेकीसँगको सम्बन्ध सुधारलाई मान्न सकिन्छ । यसअघि छिमेकीसँग बिग्रिएको सम्बन्धमा सुधार आएको छ । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गरेका थिए । त्यसैगरी असार ५ देखि १० असारसम्म चीनको भ्रमण गरेका थिए ।
प्रधानमन्त्रीकै निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख २८–२९ मा नेपालको राजकीय भ्रमण गरेका थिए । दुबै देशको भ्रमणका क्रममा चीन र भारतसँग रेल सम्झौता भएको छ । सरकारले वर्षौंदेखि विराटनगरमा बसेको भारतीय दूतावासको क्याम्प बन्द गर्ने निर्णय गरेको थियो । त्यसलाई धेरैले स्वागत गरेका थिए । त्रिभुवन विमानस्थलमा १८ घण्टा सेवा सुचारु भएकोमा बढाएर २१ घण्टा पुराएको छ । र, विमानस्थलको चाप घटाउन भैरहवा, पोखरामा पनि विमानस्थलको कामलाई अगाडि बढाइसकेको छ ।
त्यसैगरी देशैभरि विद्यार्थी भर्ना अभियान शुरु गरिएको थियो । भर्ना अभियान थाल्दै प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरुले स्कुल जान नसकेका बालबालिकालाई आफै भर्ना गरेर अभियानको थालनी गरेका थिए । यातायात क्षेत्रमा भएको सिन्डिकेट तोड्ने प्रयास गरेको छ । बेथितिको जालो तोड्दै सिन्डिकेट विरुद्ध निकै कडारुपमा सरकार प्रस्तुत भएको थियो । सिन्डिकेट तोड्न उत्रेको सरकारलाई जनताले निकै समर्थन गरेका थिए । त्यसैगरी वैदेशिक रोजगारीमा जानेहरुका लागि ठगी गर्नेहरुलाई नियन्त्रण गर्ने प्रयास सरकारले गरेको छ ।
सरकारले गरेका केही महत्वपूर्ण कामहरु :
– ९०० मेगावटको अरुण तेस्रो शिलान्यास
– रेल र पानीजहाज सञ्चालन सहमतिको कार्यान्वयन
– त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन
– सरकारी खर्चमा मितव्ययिता
– लोडसेडिङमुक्त देश घोषणा
– विद्यार्थी भर्ना अभियानको शुरुवात
– विराटनगरमा भारतीय दूतावासको क्याम्प बन्द
– सुन तस्करीको जालो तोड्ने प्रयास
– यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गर्ने प्रयास
– श्रमिकको ज्यालामा ३९ प्रतिशत वृद्धि
– राजदूत नियुक्तिमा मापदण्ड
– वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा आक्रमक प्रयास
– राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता
– स्थानीय तहलाई दरबन्दी स्वीकृति र नमुना कानुन
– कृषिमा ५८ बुँदे कार्ययोजना
Rai Man
Janbirodhi oli sarkar sanbandha sudhar bhaneko ke ho ishpasta nepali janata lai bujhanu pareyo, ke janda aauda rail ra pani jahaj ko kura gardai ma sanbandha sudhrieko ho bhane bhannu kehi chhaina. nepali janata le chaheko sano kura matra ho, gans baas kapas. yi tin kura pura bhayo bhane aru kura aafai sudhar hudai jane kura ko hekka narakhera smart city rail panijahaj ko kati din bharam chharera bitaune?
Gobinda Neupane
अझै यो लेख्ने मान्छे लाई थाहै रहेनछ मुख्य राम्रा राम्रा कुरा त ल सुन्नोस।
१. भुकम्प को पिडामा मर्नु न बाच्नु सङ्ग छटपटाइ रहेका नेपाली हरु लाई नाकाबन्दी निशुल्क उपलब्ध गराएर उद्दार गरे बापत दक्षिणेश्वर प्रभुको अत्यन्तै धुमधामका साथ अरुण३ सहित पुजा अर्चअर्चना।
२. हत्याहिंसा बिरोधि नेपाली गान्धी बालकृष्ण ढुङ्गेल को नागरिक अभिनन्दन।
३.सिन्डिकेट , कामचोर ,फटाहा,चोर,डाका ठेकेदार , मानव तस्कर म्यानपावर हरु सबै खारेज ।
४.राजस्व मा ३०००% कमि।
५. मेडिकल माफिया सबै जेल चलान गर्दै शिक्षा का लगायत हरेक क्षेत्र का माफिया हरु लाई जेल चलान गर्ने तयारी।
६.असार को एक महिना मै पुरै एक बर्ष मा पनि गर्न नसकिने बिकासको काम गर्दै र अन्तिम दिन ३१ असारमा मात्रै ३३ अरब रुपैया निकासा गरेर यो दुनियाँमा कोहि कसैले गर्न नसकेको काम गर्दै गिनिजबुक मै नाम लेखाउन सफल।
७.मन्त्री रबिन्द्र द्वारा एकै पटक ६० करोड रुपैया को अत्यन्तै समानुपातिक ढङ्गले ब्यबस्थापन ।
८.राष्ट्रप्रमुख , सरकार प्रमुख ,मन्त्री ,साम्सद, नेता, कार्यकर्ता ,उच्च तहका हाकिम लगायत हरुको लागि सम्सद को हरेक अधिबेशन मा तलबभत्ता ,सेवा सुबिधा हरु मा अत्याधिक मात्रामा वृद्धि ।
९.भारत र चिनको रेल सेवा सुरु।भारत बाट पानी जहाज सेवा सुरु।
१०.सबै नेपाली हरुको भान्छामा ग्यास को पाइप लाइन सेवाको सुरुवात ।
Ashok Subba
सबै काम जनतालाई मूर्ख बनाउने ठग्ने घुमाएर गरिब बनाउने मात्र छ।
Damodar Dahal
परिणाम चाहियो प्रयाशको फीर्हस्त होइन
Kumar Khanal
Gafadi
Sangam Pandey Sangam
यो जुन योजना पूरा गरेर देखुनु होला सरकार अनि मात्र यो सरकार ले केही राम्रो काम गरेको छ भन्नेछन जनता ले।
Dharma Raj Pathak
कुरा बाहेक सिन्कोपनी भाचिएको छैन
Pankaj Dubey
Yo peon banna layak ni 6ina
L.N. Bhandari
अब आउलास भोट माग्न
Rabieen B. Hada
Unfollow
Arjun Adhikari
कागजी बिकास देखाएर बजेट सकाउने दाऊ।