विश्वकप फुटबल २०१८: ‘मैले खेल बदल्न सकिन’- मेस्सी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८:  ‘मैले खेल बदल्न सकिन’- मेस्सी

सारांश

  • सुपर स्टार लियोनल मेस्सीले आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा दुःख लागेपनि विश्व कप समुह चरणका बाँकी खेलका लागि थप प्रतिबद्ध रहेको बताएका छन् ।
  • दोस्रो हाफमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
  • मैले खेलको कथा बदल्न सकिन ।

सुपर स्टार लियोनल मेस्सीले आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा दुःख लागेपनि विश्व कप समुह चरणका बाँकी खेलका लागि थप प्रतिबद्ध रहेको बताएका छन् ।

दोस्रो हाफमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो । मैले खेलको कथा बदल्न सकिन । पेनाल्टी हाम्रा लागि फाइदाजनक बनाउन सकिएन,’ खेलपछि मेस्सीले भने, ‘पेनाल्टीमा गोल गर्न नसक्दा निश्चयनै त्यसले दुःख लागेको छ ।

हामीले जित्नुपर्ने खेल थियो ।’ उनले टोली तीन अंकको हकदार रहेको पनि बताए । ‘जितका साथ प्रतियोगिताको सुरुवात गर्नु सधै महत्वपूर्ण हुन्छ ,’ मेस्सीले भने, ‘अब हामीले क्रोएसियाविरुद्धको खेलका बारेमा सोच्नु पर्दछ ।

खेलभर पोस्टमा ११ आक्रमण गरेपनि मेस्सी गोल गर्न असफल भए । अल्फ्रेड फिबोग्सनले बराबरी गोल गर्नुअघि अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए । तर, विपक्षी खेलाडिले आफुलाई पेनाल्टी बक्समा फाउल हानेपछि प्राप्त पेनाल्टीमै मेस्सी चुके ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dadhi Mgr

    bipacchhiko rananiti ko jit ho.aba harek coach le naya sochbaata rananiti banauna parchha.joshle maatrai kaam gardaina aba ,hosle khelna parchha.yo patak dimak ko khel jyada ra sipko esthan gaud hudaichha.thakkar khaayerai ho buddhi aaune.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?