संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
३० पटक हेरिएको
Shares
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले

सारांश

  • काठमाडौँ, १९ साउन ।
  • राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभएको छ ।
  • आजको मन्त्रिपरिषद्को बैठकबाट नियुक्त डा वाग्लेले रासससँग भन्नुभयो, “आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको बहसलाई तार्किक निष्कर्षमा पु¥याउनु मेरो प्राथमिकता हुनेछ ।

काठमाडौँ, १९ साउन । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकबाट नियुक्त डा वाग्लेले रासससँग भन्नुभयो, “आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको बहसलाई तार्किक निष्कर्षमा पु¥याउनु मेरो प्राथमिकता हुनेछ ।”

संघीय संसद् र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले वाग्लेले त्यसमा जोड दिनुभएको हो ।

उहाँले दीर्घकालीन सोचका साथ प्रमाणित र वास्तविकतामा आधारित योजना बनाई सन् २०२० सम्म विकासशील मुलुकमा स्तरोन्नति गर्न, सन् २०३० भित्र पूरा हुनुपर्ने दिगो विकास लक्ष्य र मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्न एकीकृत खाका ल्याउने पनि बताउनुभयो ।

यसअघि दुईपटक आयोगको सदस्य भइसक्नुभएका अर्थशास्त्री वाग्लेले वित्तीय अनुशासन, ऊर्जा, ‘कनेक्टिभिटी’ र सहरीकरणका क्षेत्रमा ठूला पूर्वाधार विकासका लागि नीतिगत पक्षपोषण गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा योजना निर्माण र कार्यान्वयनका सन्दर्भमा तालीमका कार्यक्रम पनि सञ्चालन गर्ने जनाउनुभयो ।

योजना आयोग प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास परिषद्अन्तर्गतको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था तथा विनियोजन गर्दै आएको छ । आयोगमा हाल सात सदस्य छन् ।

आयोगमा आर्थिक व्यवस्थापन, सामाजिक विकास, पूर्वाधार विकास, अनुगमन तथा मूल्याँकन, कृषि तथा ग्रामीण विकास र मानव संसाधन विकास महाशाखा गरी छवटा महाशाखा छन् ।

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ मानिने वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि सोही आयोगका सदस्य हुनुभएको थियो । अष्टे«लियाको अष्टे«लियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका वाग्लेले अमेरिकाको हार्वड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ २०४६ सालको एसएलसी परीक्षामा बोर्ड सेकेन्ड हुनुभएको थियो ।

विश्व बैंकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा समेत लामो समय काम गर्नुभएका उहाँ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा पनि नीति विश्लेषक रहिसक्नुभएको छ ।

नेपालमा योजनाबद्ध विकास प्रक्रियाको प्रारम्भसँगै विसं २०१३ मा प्रथम पटक योजना आयोगको नामबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना निर्माण गर्ने निकाय गठन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम्जनको आश्रमबाट पक्राउ पर्ने गुरु को हुन्?
बम्जनको आश्रमबाट पक्राउ पर्ने गुरु को हुन्?
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
मनाेरञ्जन समाचार : कपिल शर्मा शो ले गर्याे चमत्कार
मनाेरञ्जन समाचार : कपिल शर्मा शो ले गर्याे चमत्कार
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिने, यस्तो छ कार्यसूची
जाने बेला बलिको बोका पाे..?
जाने बेला बलिको बोका पाे..?
व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा
व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?